Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्व परिषद, स्पेन द्वारा प्रथम चरणको राहात वितरण सम्पन्न

( म्याड्रिड)गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्व परिषद स्पेनले क्षेत्रिय समितिहरुसँग सहकार्य गर्दै प्रथम चरणको राहात कार्यक्रम सम्पन्न गरेको छ ।संघका अध्यक्षका अनुसार स्पेनभर  २११(बार्सिलोना ११०,म्याड्रिड ६३,ग्रान कानरिया-२९,पाइस भाष्को ९) जनालाई राहात वितरण गरिएको छ।बिशेष गरि स्पेनमा अवैधानिक रुपमा रहनुहुने,काम नभएका,भर्खर स्पेन आएका तथा विद्यार्थी दिदिबहिनि ,दाजुभाईहरुलाई राहात वितरण गरेका छौं ।उनका अनुसार अत्यावश्यक पर्ने खाद्यान्न ( चामाल,दाल,नुन,तेल,चिनि,पास्ता,गेडागुडि लगाएत) वितरण गरिएको हो ।
यसैक्रमा क्षेत्रिय समितिका सचिव सागर (श्रेष्ठ)भोटे भन्छन्,”हामीले राहात वितरण पूर्ण पारदर्शिताका साथ गरेका छौं ।कसैलाई काखा र पाखा गर्ने प्रर्वितिको म घोर विरोध गर्दछु।म्याड्रिडमा मात्र नभई स्पेनको जुनसुकै ठाउँमा हुनुहुन्छ र समस्यामा हुनुहुन्छ भने हामीलाई खबर गर्नसक्नुहुन्छ,हामी सहयोगको लागि हरदम तयार छौं ।यो संस्था हजुरहरुकै हो,निर्धक्कका साथ हामीलाई भन्न सक्नुहुन्छ। हजुरहरुको नाम र विवरण गोप्य रहनेछ ।”
विभिन्न सामाजिक कार्यमा सदैव अग्रसर सहने सागर भोटे म्याड्रिडवासी नेपालीहरुको ढुकढुकिका रुपमा परिचित छन् साथै युवाहरुको लागि एक उदाहरण बनेका छन्। साच्चै नै जन्मभूमि छाडिं,कर्म भूमि स्पेन आउनुभएका नेपाली समुदायको लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्व परिषद ,स्पेन एक असल अभिभावकको रुपमा सावित भएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!