Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

गैह्रआवासीय नेपाली संघ, साइप्रसको आठौं अधिबेशन सफलता पूर्वक सम्पन्न

गैह्रआवासीय नेपाली संघ, साइप्रसको आठौं अधिबेशन आज १५ सेप्टेम्बर २०१९ मा सुभास मल्लको अध्यक्षतामा, प्रमुख अथिती अवैतनिक नेपाली बाणिज्य दुताबासका मानार्थ वाणिज्य दुत डा . राम जीवन पंजियार ज्युको र विशेष अथिती आइ सि सी प्रतिनिधि रंजित कुमार महतो ज्यू र निर्वाचन समितिका प्रमुख सुरेश कुमार शाह ज्यू, सदस्य विकास दवाडी र यम थापा ज्यूको उपस्थिीतमा २५ जना नयाँ कार्यसमिती छनौट गरीयो।

अध्यक्ष -दिल कुमारी तिलिजा पुन

उपाध्यक्ष -अन्तेस रावत

-जस माया पुन

-किस्मत पौडेल

महासचिव -कृप थापा

सचीव -पुरन बहादुर पुन मगर

कोषाध्यक्ष -दिनेश ढकाल

सह -कोषाध्यक्ष- अनिल भन्डारी

सह -सचीव -दया सागर अर्याल

युवा प्रतिनिधि -कुन्दन कार्की

महिला प्रतिनिधि – सरिता कुमारी चौधरी

प्रवत्ता – दिनेस हरिजम गोतम

सदस्य – कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा, दयाराम थापा, अन्सरी ओजेर, सन्जय कुमार मन्डल, राजन श्रेष्ठ, नेतिश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल

आजको कार्यक्रममा प्रमुख अतिथि डा. राम जीवन पंजियार ले दाजु-भाईहरु र दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समधान गर्न आफु NRN संग हातेमालो गरि काम गर्ने जानकारि दिनुभयो । उहाँले थप भन्नुभयो, यँहा रहेको नेपाली दिदी बहिनीहरुले पनि विदेशमा कमाएको रुपैयापैसा यहि रमाएर खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । यसका साथै नेपाल कन्सुलेट ले गर्दै आइरहेको सयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । यसै गरी, आइ सी सी प्रतिनिधि रंजित महत ज्यूले नँया कार्यसमितिलार्य बधाई तथा शुभ कामना व्यक्त गर्नु भयो ।

कार्यक्रमलाई मनोरन्जन प्रदान गर्दै सुरज राना भाट र सुस्मा राई ले साईप्रस नेपाली समुदायमा चर्चित कलाकार मन माया बग्यो सलसल र गुराँसै फुलन्य बनै……गितको बोलमा प्रस्तुती गरि कार्यक्रमको शोभा बढाई सहयोग बढाउनु भयो । यस पटकको समिति ठुलो आकारमा रहेकोले यस समितिले ईमानदारि, पारदर्शि, सदभाब र अनुशासनमा रही नेपालीका लागि नेपाली भन्ने मुल नारालाई आत्मसात गरि आगामी दुई बर्षको कार्यकालमा सबैलाई मिलाएर लिने प्रतिबद्ध भएको घोषणा गर्नुभयो ।

गैर आवासीय नेपाली संघ, साइप्रसको आठौं महाअधिवेशन लाई सफल पाने॔ अहोरात्र खटिनु हुने निर्बाचन समिति, संघ संस्था को प्रतिनिधि हरू ,ब्यबसायी तथा स्वतन्त्र ब्यक्तित्वहरू लगायत सम्पूर्ण संघ सस्था एवं साईप्रसका दाजुभाइ तथा दिदीबहिनीहरु प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु !

कार्यक्रम प्रस्तोता कबिता भन्डारी ज्यु ,पत्रकार तथा फोटो ग्राफर समिम मियाँ ज्यू, बिकाश श्रेष्ठ ज्यु, बिरु भट्ट, स्वयंसेवकहरु, अनलाइन मिडिया, साइप्रबासी दाजु भाई दिदि बहिनीहरू तथा एन आर एन साइप्रसका सम्पूर्ण कार्य समिति प्रति आभार ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौ !!! एन आर एन साइप्रस परिवार

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!