Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड २०१९ को घोषणा

प्रत्येक बर्ष त्रिभुवन बिश्वबिधालय र पुर्बान्चल बिश्वबिधालयका बि.टेक.खाद्य प्रबिधिमा अध्य्यनरत उत्कृष्ट  बिद्यार्थीलाई प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड यस  बर्ष सन  २०१९ का लागि सन्तोष थापा र प्रकृति खनाललाई प्रदान गरिने घोषणा गरिएको छ ।

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फ बाट अध्यक्ष हिक्मत थापाले सन २०१९ का लागि त्रिभुवन बिश्वबिधालय तर्फ केन्द्रिय प्रबिधि क्याम्पस हात्तीसार , धरानका सन्तोष थापा र पुर्बान्चाल बिश्वबिधालय तर्फ क्याफोडाट कलेज , काठमाडौं कि प्रकृति खनाललाई प्रदान गरिने घोषणा गर्नु भएको हो ।

नेपाल खाध प्रबिधि बिद्यार्थी संघका दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपाल भरकै खाध प्रबिधिमा बि. टेक. अध्य्यनरत उत्कृष्ट दुई बिद्यार्थीलाई  प्रत्येक बर्ष प्रदान गरिन्छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!