Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रियसमाचारहरुहेडलाइन

गौतमद्वारा लकडाउनका कारण अप्ठ्यारो परेका व्यक्तिलाई नि:शुल्क खाना र बस्नको व्यवस्था

म्याड्रिड। कोरानाको रोकथाम र न्युनिकरणका लागि स्पेन अहिले लकडाउनमा छ ।विगत दुई महिनादेखि स्पेनमा लकडाउन चलिरहेको छ र स्पेनिस सरकारले लकडाउनलाई पूर्ण एक महिना थप गर्ने प्रस्ताव ल्याएको छ ।लामो समयको लकडाउनले म्याड्रिडवासी नेपाली समुदायमा पनि नकरात्मक प्रभाव परेको छ ।विशेषगरी अवैधानिक (पेपेर नभएका) रुपमा बस्दै आएका नेपालीलाई यसले गम्भिर रुपमा असर पारेको छ ।
सोहि कुरालई मध्यनजर गर्दै म्याड्रिड निवासी हिमलाल गौतमले अति प्रभावित नेपालीलाई नि:शुक्ल खाना र बस्नको लागि व्यवस्था गरिदिने प्रतिबद्धता जनाएका छन्।
हिमलाल भन्छन्,”म्याड्रिडमा कोहि व्यक्तिलाई एकदम समस्यामा परि खाना र बस्नको समस्या छ भने दुई जना लागि १ महिनासम्म खाना त बस्नको व्यवस्था गर्नेछु ।गैर आवासीय नेपाली संघ,म्याड्रिडले सक्रियताका साथ गर्दै आएको राहात वितरण कार्यलाई टेवा पुगोस् भन्ने हेतुले मैले यो सानो सहयोग गर्न अघि बढेको छु ।मलाई यस नम्बर : ६०२१३९१८० मा सम्पर्क गर्न सक्नुहुनेछ ।”
हिमलाल गौतम विगत १० वर्षदेखि म्याड्रिड बस्दै आएका छन् र उनी नेपाली रेस्टुरेन्ट Sal Y Chili का सञ्चालक पनि हुन्।हिमलाल जस्तै अन्य व्यक्तिहरुले पनि यस्तै कदम चालेमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई धेरै-थोरै भएपनि‌ मलमपट्टिकोरुपमा काम गर्ने थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!