Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

चिनियाँ राष्ट्रपति सि उत्तर कोरियामा

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ उत्तर कोरिया पुगेका छन् । दुई दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सि बिहीबार विमान चढेर उत्तर कोरिया पुगेका हुन् ।

एससीएमपीका अनुसार सिलाई सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । सन् २०१२ मा सत्ता सम्हालेयता सिले पहिलोपटक उत्तर कोरियाको भ्रमण गरेका हुन् ।

गएको १४ वर्षयता चिनियाँ राष्ट्रपतिको यो पहिलो भ्रमण पनि हो । सिको साथमा श्रीमती पेङ लियुन, विदेशमन्त्री वाङ यी तथा नामी कुटनीतिज्ञ याङ जेची पनि रहेका छन् ।

बिहीबार सि र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुनेछ । वार्तामा उत्तर कोरियाले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने या नगर्नेबारेमा छलफल गर्ने दक्षिण कोरियाली संचार माध्यमहरुले जनाएका छन् ।
साथै दुई नेताले एकसाथ बसेर जिम्न्यास्टिक खेल हेर्ने पनि बताइएको छ ।

जापानमा हुने जी २० सम्मेलन अगाडि सिले उत्तर कोरियाको भ्रमण गर्नुलाई महत्वका साथ हेरिएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!