अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० अर्ब डलर मूल्य बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्।

वार्षिक व्यापारमा ३४ अर्व डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनहरुमा असर पार्ने उक्त निर्णय ६ जुलाई देखि लागू हुनेछ।

ह्वाइट हाउसले उसले १६ अर्ब डलर मूल्यका अन्य उत्पादनहरुको सूचि बारे टिप्पणी गर्ने र यदि चीनले बदला लिए थप कर लगाउने जनाएको छ।

photo:google

अमेरिकी राष्ट्रपतिको यस्तो निर्णय आएसँगै चीनले त्यसको जवाफ स्वरुप प्रतिवाद गर्ने जनाइसकेको छ। यसले व्यापार युद्ध बढ्ने डर उत्पन्न भएको छ। ट्रम्पले उक्त कदम चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्नका लागि अत्यावश्यक रहेको जसले अमेरिकी रोजगारको रक्षा गर्ने बताएका छन्।

उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासहरूमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताएका छन्।

अमेरिकाले, चीनले बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरु चिनियाँ कम्पनीहरुमा पठाउने प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने चाहेको छ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस