Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

च्याम्पियन्सलिगको सेमिफाइनलको पहिलो लिगमा आयक्सको सनसनी पूर्ण जीत

पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्ने टोटनह्यामको लक्ष्य सेमिफाइनलको पहिलो लेगको नतिजाले गम्भीर धक्का लागेको छ । मंगलबार राति टोटनह्यामले आफ्नै मैदानमा डच प्रतिस्पर्धी आयाक्ससँग एक शून्यको पराजय ब्यहोर्‍यो ।

खेलको १५ औं मिनेटमा डोनी भान डी बीकले टोटनह्यामका गोलरक्षक ह्युगो लोसिलाई चतुर्‍याईंपूर्वक छक्याउँदै गरेको गोल नै निर्णायक बन्यो । यो अवे गोलले एरिक टेन हग नेतृत्वको निकै नै उत्साही आयाक्स टोली अर्को बुधबार आफ्नै मैदानमा हुने दोस्रो लेगका लागि बलियो अवस्थामा पुगेको छ ।

नियमित स्टरइकरहरु ह्यारी केन र सन ह्युङ मिनको अनुपस्थितिमा टोटनह्यामले खेलमा निकै संघर्ष गर्नुपरेको थियो । केन चोटग्रस्त छन् भने मिनले दोहोरो पँहेलो कार्डका कारण खेल गुमाएका हुन् ।

पहिलो हाफमा अनुहारको चोटका कारण डिफेण्डर जान भर्टोघेनलाई गुमाउनु पनि टोटनह्यामका लागि दुर्भाग्य बन्यो ।

दोस्रो हाफमा टोटनह्यामले बल पोजिसन कायम राखेर आक्रामक खल्ने प्रयास गरेको थिया । तर, आयाक्सको रक्षापंक्तिले उसका सबै प्रयास असफल पारिदियो ।

आयाक्स यही टोली हो जसले नकआउट चरणका यसअघिका दुई खेलमा रियल मड्रिड र युभेन्टसलाई पराजित गरेर जायन्ट किलरको उपमा पाएको थियो ।

दोस्रो लिगमा यही नतिजालाई कायम राखे आयाक्सले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र लिभरपुलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!