Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

जन्ती बोकेको बस दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको थियो ।

दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ । अहिले उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!