Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधी

जन संपर्क समिती नेदर्ल्यान्दसको अन्तर्कृया कार्यक्रम सम्पन्न

सोमबार नेदर्ल्यान्दसको आम्स्टर्डाम शहरमा बर्तमान राजनितिक परिपेक्षमा नेपाली कोङ्ग्रेसको भूमिका बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । नेपाली कोङ्रेसका पूर्व उपसभापती, पुर्ब सभामुख, बरिष्ठ नेता राम चन्द्र पौडेलको प्रमुख अतिथ्यमा नेपाली जन संपर्क समिती नेदर्ल्यान्सका कार्यबाहक अध्यक्ष बिष्णु पोखेरेलको सभापतित्वमा नेदर्ल्यान्दसमा रहेका नेपाली काङ्रेसका कृयाशिल सदस्यहरु,सुभेक्षुक सामाजिक अभियानताहरु तथा युरोप महादेश बाट पाल्नु भएका जनसंपर्क समितीका बर्तमान तथा पूर्व पदाधिकारीहरुको बाक्लो उपस्थिती बिच कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा जन सम्पर्क समितिका महामन्त्री प्रेम जङ गुरुङले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष बेद राम कंडेल ले राख्नु भएको थियो । बक्ताहरुले नेपाली काङ्रेसको बर्तमान स्थानिय निर्वाचन तथा संघियता, जन संपर्क समिती हरुको भूमिका, नेपाली नगरिताको निरन्तरता बिषयमा आ- आफ्ना भनाईहरु अबिब्यक्त गरेका थिए ।  राम चन्द्र पौडेल को २ हप्ते युरोप भर्मणमा लजम्बर्गको जनसंपर्क समितीको प्रथम अधिबेशन, बेल्जियम, फ्रन्स, पोर्तुगल, जर्मन, स्विजर्ल्यान्ड र नेदर्ल्यान्दसमा औपचारिक अन्तर्कृया कार्यक्रम सम्पन्न भए ।

युरोप भर्मण कार्यक्रता बिच नयाँ ब्यक्तिगत चिन्जान तथा केही निरासजनक राजनैतीक बिबाद बिच सम्पन्न भएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!