Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

सम्पादकियहेडलाइन

जान्छ कुमार पन्तको कि कुल आचार्यको हातमा अब एनआरएनएको नेत्रित्व?!

शशी पौड्याल – नेदरल्यान्ड्स

गैर-आवासिय नेपाली संघको आसन्न नवौ अन्तराष्ट्रिय सम्मेलन हिन्दूहरुको महान चाड विजयादशमी संगै घरदैलोमा नजिकिदै गर्दा विश्वभरीबाट एनआरएनएका प्रतिनिधिहरु जन्मभुमी तर्फ प्रस्थान गर्ने क्रम बढ्दो छ । संघको सम्मेलनमा सहभागी भै नेत्रित्व चयनमा भूमिका निभाउने र आफ्नो परिवार सँग दशै पनि मनाउने गरि धमाधन जन्मथलो तिर लागि सकेका र लाग्न थालेका एनआरएनहरुले एनआरएनएको नेत्रित्व चयन गरि कर्मभुमी फर्किने छन । सामाजिक संस्थाको नेत्रित्व चयन हुने भएता पनि परम्परागत यस पटक पनि राजनीतिक, जातिय, दलिय, क्षेत्रीय,स्टमित्र,निजी महत्वकंक्षा साथै रणनितीक सोचले नेत्रित्व चयन हुने कुरामा दुईमत हुन सक्दैन । उमेदवारहरुले मतदाताहरुको मन जित्न आ-आफ्नो योग्यता, अनुभव, भिजन र प्रतिबद्धताहरु आधुनिक तवरले सोसियल मिडिया मार्फत प्रचारप्रसार तिब्र रुपमा गर्दै आइरहेका छन ।

सामाजिक सन्जालबाट एनआरएनएमा भएको राजनीतिकरण हटाउनु पर्छ, नेकपाको सिन्डिकेट तोड्नु पर्छ, जातियतालाई हटाउनु पर्छ र गैर-आवासिय नेपाली संघको बिशुद्ध सामाजिक संस्थाको गरिमालाई बचाउनु पर्छ भन्ने प्रकारका अभिव्याक्तीहरु छ्यापछ्याप्ती पढ्न र सुन्न पाइरहेको छ । कुमार पन्तलाई नेकपा निकट र कुल आचार्यलाई नेपाली काङ्रेस निकट भन्ने ठानिएता पनि यी दुबै उमेदवारहरुले सकृया रुपमा राजनितिक ब्यवसाय नगरेको बुझिन्छ । पन्तले आफू कुनै राजनीतिक पार्टीबाट अभिप्रेरित नभएर एनआरएनएलाई सामाजिक संस्थाकै रुपमा दिगो बनाउदै लैजानु पर्छ भन्ने अभिब्याक्ती जारी गर्दै आफूलाई सबैको साझा उमेदवारको पहिचान दिने प्रयास गरेका छन भने उता कुल आचार्यलाई दुई दशक देखि बिभाजित नेपाली काङ्रेस र जनसंपर्क समितिहरुलाई एकिक्रित गर्ने दौडधुप मै अस्तब्यास्त देखिन्छ । गैर-आवासिय नेपाली संघको नेत्रित्वको लागि राजनितिक पार्टीको समर्थन लिएर उम्मेदवारको पहिचान बन्न गयो भने राजनीतिक बिल्ला लाग्छ भन्ने कुरालाई मध्यनजर राख्दै कुमार पन्तले आफूलाई सबैको साझा उम्मेदवारको रुपमा प्रस्तुती गर्दै आएका छन । उता कुल आचार्यलाई भने जनसंपर्क समितिका अभियान्ताहरुले नेपाली काङ्रेसको उम्मेदवार भनि दाबी गरिसकेका छन । काङ्रेस निकट गैर-आवासिय नेपालीहरुको गम्भिर समस्या आपसी प्रतिष्पर्धा, पार्टीगत गुठ र उपगुठ बनिरहेको छ । संस्थागत बिमती र पार्टीगत बिभाजिततामा एकरुपता आउन सकेन भने यहि विभाजितता नै कुल आचार्यको नेत्रित्वको लागि फांसी बन्न सक्ने सम्भावना देखिन्छ । साथै कुल आचार्यको उम्मेदवार कै क्रममा बेलायतको एनसिसिको निर्वाचन को बिवाद पनि उनको लागी दुर्भाग्य बन्न पुगेको देखिन्छ । कुल आचार्य को भोट बैंक भन्नु वा सामाजिक धरातल भन्नु युरोप नै हो तर युरोपका भोटहरु प्राय रणनितीक भोटहरु हुने हुँदा यस्ता भोटहरुको आधारमा यस्तो नै परीणाम आउछ भनेर ठोकेर भन्न गार्हो पर्दछ । अन्य कन्टिनेन्टलाई हेर्दा कुमार पन्त अलि लोकप्रिया भएको जस्तो देखिन्छ । दोस्रो निर्णायक बिषय प्यानल वा टिम को प्रकृति र क्षामतामा आधारित हुन सक्छ । अहिलेको एनआरएनएको आवश्यकता भनेको एक सक्षम र सवल नेत्रित्व को जरुरी हो । गैर-आवाशिय नेपाली संघमा राजनीतिक, धार्मिक र जातिय पुर्वाग्रह रहित नेत्रित्व हुनु पर्छ भन्ने अधिकांश चाहना एनआरएनहरुमा लुकेर बसेको छ । त्यसैले अध्यक्षका उमेदवारले योग्यता, दक्षता र अनुभवको आधारमा आफ्नो टिम निर्माण गर्न सक्नु पर्दछ । पार्टीगत वा जातिय भावनाले प्रेरित भन्दा सामाजिक, ब्याक्तिगत र क्षमताले प्रेरित नेत्रित्वको कदर हुने बढि सम्भावना देखिन्छ । अन्त्यमा एनआरएनएका अग्रजहरुको भूमिकालाई पनि न्युन मान्न सकिदैन । एनआरएनएको स्थापनाकाल देखि नै नेत्रित्व चयनमा रसियाका एनआरएनएका अग्रजहरुको गहिरो भूमिका रहदै आएको छ जसलाई रसियन सिन्डिकेट भन्दा पनि खासै फरक नपर्ला । बिशेष गरि उपेन्द्र महतो, जिवा लामिछाने र शेष घलेको समर्थनले पनि निर्णायक भूमिका खेल्न नसक्ला भन्न सकिदैन ।

 

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!