Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

जापानी सम्राटका नातिको विद्यालयको कक्षामा भेटियो चक्कु

एजेन्सी : जापानका सम्राट आकिहितोका १२ वर्षीय नाति पढ्ने विद्यालयको कक्षामा दुईवटा चक्कु भेटिएको जनाइएको छ ।

चक्कु भेटिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ती धारिला हतियार राजकुमार हिसाहितो बस्ने डेस्कको छेउमा शुक्रबार फेला परेको थियो ।

सम्राट आकिहितोले गद्दीत्याग गर्ने घोषणा गरिसकेकाले राजकुमार हिसाहितो अब जापानी राजगद्दीको उत्तराधिकारीको दोस्रो क्रममा हुनेछन् ।

बीबीसीका अनुसार विद्यालय परिसरमा अवैध रूपमा छिरेका एक व्यक्तिबारे पत्ता लगाउन प्रहरीले सीसीटीभीका दृश्य हेरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार हेल्मेट र नीलो लुगा लगाएर निर्माण मजदुरजस्तो देखिने एक व्यक्ति ओचानोमिजु विश्वविद्यालयको परिसरमा रहेको विद्यालय भवनमा प्रवेश गरेको सीसीटीभीमा देखिएको छ ।
ती चक्कुहरू कक्षामा राखिँदा राजकुमार र उनका सहपाठीहरू विद्यालयको अर्को भागमा थिए ।
राजकुमारलाई प्रायः प्रहरीहरूले सुरक्षा दिन्छन् ।

तर विद्यालय कक्षामा प्रहरी नजाने गरेको राजदरबारसँग सम्बन्धित विषय हेर्ने निकायले क्योदो न्यूजलाई बताएको छ ।

अनुसन्धान गरिरहेको स्रोतले क्योदोलाई बताएअनुसार सबै कक्षामा डेस्कसँगै विद्यार्थीको नाम पनि टाँसिने गरेकाले राजकुमार बस्ने स्थान चिनिएको हुनुपर्छ । उनीहरूका अनुसार ती चक्कुको धारमा गुलाबी रंग लगाइएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!