Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जन

जापानी सुन्दरीले हात पारिन् मिस ट्यालेन्टको उपाधि, शृंखलाले दिइन् बधाइ!

जापानी सुन्दरीले मिस ट्यालेन्टको उपाधि हात पार्न सफल भएकी छन्। चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तरगतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि अथक प्रयासले हात पार्न सफल भएकी हु्न् । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन् ।

यससँगै मिस वल्र्ड २०१८ को फाइनल ९ टप ३०० मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् । यसअघि फ्रान्सकी माइभा कोउकेले टप मोडेलको अवार्ड जित्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

१८ देशका सुन्दरीहरुले मिस ट्यालेन्डको फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । नेपालकी श्रृंखला खतिवडा फाइनलमा पुगेकी थिइनन् । कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए ।

शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!