Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

लेख रचनासमाचारहरु

जीवन यस्तो पनि थियो, मेरो

म्याड्रिड। बाल्यकालदेखि नै नेपाली साहित्यमा रुची राख्ने र सानो अवस्थामा नै कैयौं बालकथा,कविता,छोटा भनाई र मुक्तक रचिसकेका व्याक्ति हुन्: सागर श्रेष्ठ(भोटे) ।बाल्यकालमा उनका थुप्रै कविताहरु(जस्तै: मेरो साथी,देशको माया,म र गुरुबा,फुलको थुङ्गा आदि)पत्रपत्रिकामा प्रकाशित भएका थिए।विभिन्न कारणवस केहि वर्ष उनी सहित्य जगतमा मौन रहेका थिए।तर धेरै वर्ष पछि उनी पूर्न साहित्यमा जोडिएका छन्।अहिले उनी छोटाछोटा मर्मस्पर्शी भनाईहरु,मुक्तक र कविता कोर्न थालेका छन् ।हालै मात्र उनले “जीवन यस्तो पनि थियो,मेरो” नामक आत्मकथा लेखेका छन् ।उनका भनाई अनुसार यो कथा एकदम सरल भाषामा नेपाली समुदायको निम्न वर्गका पिडा र मेहेनतलाई समेटिएर लेखिएको छ।यस कथाका केहि अंशहरु :
शब्दसंगको नाता एकदम निकट हुंदो रहेछ न दुःखमा साथ छोड्छ न त सुखमा हात छोड्छ।अतित र वर्तमानमा कोरेका रचनाहरु मध्य एक “जीवन यस्तो पनि थियो,मेरो”नामक आत्म कथाबाट केहि अंशहरु:

“जीवन यस्तो पनि थियो, मेरो “

खै कसरी शुरु गरम म मेरो जीवनका ती क्षणहरु जुन अहिलेसम्म मेरो आखामा झलझली आईरहन्छ ‌।
त्यो रातको सम्झना गदछु तब यो धर्तीमा प्रथम पटक पाईला टेकेको थिए।सम्झदा आखाँहरु रसाउँछ।एउटा सानो कोठा जहाँ छरफस्ट सामानहरु राखिएका थिए।ङ्वाङ्वा को चर्को स्वरसँगै म आफ्नो बजैको हातमा रोईरहेको हुन्छु ।आमा को मुहारमा खुशीको चमक छाहिरहरको हुन्छ ।आमाले हातमा खेलाउन साथ ङ्वङ्वा स्वर आफै बन्द हुन्छ ।।बाहिर मलाई हेर्ने भनेर छुट्टै खुशी छाहिरहेको छ ,मेरो बाबाको अनुहारमा ।तर भित्रभित्र बाबाको मनमा कुरा खेल्दै हुन्छ।भएको जति पैसा आमाले (बाबको आमा) गाउँमा गोरु किन्न लाग्नु भएको थियो ,अब को सँग रिन माग्ने होला ।होस् ज हुन्छ हुन्छ ,छोरालाई हेर्ने पर्यो,छोरा त पूरै आमा जस्तै पो छ ।हाहा सबैजना मज्जाले हास्न थाल्छन्। समय बित्दै जान्छ घमा छोरा पाएको रौनक छाहिरहेको हुन्छ ।मान्छैहरु भेट्न  आउने क्रममा बाबसँगै काम गर्ने एक जना मलाई भेट्न आउनुहुन्छ ,जो हाम्रो परिवार जस्तै हुनुहुन्थयो ।बिहान ४बजे बाबा साईकल लिएर बेकरी्ा जानुहुन्थयो र बेलुका ८/९/१० बजे तिर मा्त्र घर आउनुहुन्थयो ,मेरो लागि ओबर टाफम गर्दृ हुनुहन्थयो ।।घरमा बजैले सबै काम गर्नुहुन्थयो ।साझ बाबा आउनु भएपछि खाना खाएर हामी भुइमै ओछ्यान लगाउथ्यौ किनकी खाट किन्नी पैसा गाउँमा हलो जोत्न भनेर बाबाको आमा(बजै)ले लग्नु भएको थियो।भनिन्छ विस्तार जस्तो भएोनि सपना मिठो हुनुपर्थयो ।दुई कुनामा विस्ता लगाएर मिठो विहानिको सम्झनामा निन््द्रमा प्रवेश गर्थ्यौ।  बिस्तारै म ठिलो हुदै गए। खर्चहरु बढ्न थाले । स्कूल पढ्ने बेला हुदै थियो सबैको छहाना थियो,हामी अनपढ भएमि छोरालाई बोडिङ्गमा हाल्नुपछ ।त्यसैमा आमा॥े थप्नु हुन्थयो हो हो छोरालाई हामी ठुलो मान्छे बनाउनु पर्छ ।खपटिदै गरेको घर भाडा ,एक जनाको कमै ,घर्मा चलाउने कि गाउमा पठाउने कि  छोरालाई पढाउने ।थाहानै छ ,बोडिङ सकूलको फि आकाश चुम्मी छ ।तर पनि हरेस खानुहुन्न बुडि ,बाबा भन्दै हुनुहुन्थयो। आमाले थप्नु भयो म पनि जानुपर्छ कि काममा,के काममा बुडि बाबा सोध्दै हुनुहुन्थयो। एउटा दिदिले क्याटिर्ङ मा भाडा धुनि काम छ भन्दै हुनुहुन्थयो ।
अनि छोरालाई कोलेहेर्छ ।भो बुडि तिमी घरमै बस ,म एताउता मिलाउछु ।भयो बुडा तपाईलाइ मात्र कति बोझ ,म आमालाइ(ममिको अामा)भन्छु छोरालई हर्नि भनेर । ल ठिक छ बुडि तिमी विचार ,सकभर म त तिमी नजाउ नै भन्छु ।दिन बित्दै जान्छ ,,राति फोन आउछ बाबालाई भाई कान्छि छ ,हजुर दिदि ,भोलि कान्छिलाई ५:बजे चोकमा आउनि भन है का् छ भोलि। हसुन्छ दिदि भनमदै बाबा फोन राखनुहुन्छ ।।।बाबा ४:बजे र आमा ५:बजेजानुभएको काम मा।९ बजे बाबा आउनु भयो तर ममिको काम १२ बजे सम्म हुनि रहेछ आखिर पार्टििहरु त्यसतै त हो।१२ बजे पनि हामी ममिको पर्खाइमा थियौ।  करिव १ बजे ढकढक आवाज आयो ,ममि आउनु भएछ । थकित थियो ममिको अनुहार तर  खुसि मुहारमा छाएकै थियो नि ्।विहान ५ बजे जानुभएको मान्छे बल्ल आउनु भयो।मलाई भन्नुभयो बबु किन नसुतेको भोलि स्कुल जानु छ ,सुत भन्नभयो र म ममि को काखैमा सुते।।।…………….
“जीवन सधैं फुलैफुलको बगैंचा हुदैन रहेछ,
कैयौं पटक कांडाको पनि सामना गर्नु पर्दो रहेछ ,
हाँसोसंगै आंसु पनि निल्न जान्नु पर्दो रहेछ,
कैयौं पटक एक मुठि खुशीले पनि जीवन बिताउनु पर्दो रहेछ,
जीवन बिताउनु पर्दो रहेछ”
यस कथाको साथसाथ उनले “परदेशको जीवन ” नामक कथाको तयारीमा रहेका छन्।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!