Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

बिज्ञान प्रबिधी

जुकरबर्गको सुरक्षाका लागि अढाई अर्ब खर्च

गत वर्ष सन् २०१८ भरि नै फेसबुकका सिइओ मार्क जुकरबर्ग चर्चाको केन्द्रमा रहे, कारण उनी नेतृत्वको विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुक विवादमा मुछियो ।

सिलिकन भ्यालीका उच्च पदस्थहरु आफ्नो व्यक्तिगत सुरक्षाका लागि वर्षेनी करोडौँ रकम खर्चिन्छन् । गार्जियनको रिपोर्ट अनुसार फेसबुकले पनि यसका सिइओ मार्क जुकरबर्गको सुरक्षाका लागि झण्डै अढाई अर्ब रुपैयाँ बराबरको रकम खर्च गरेको छ । जुकरबर्गको सुरक्षाका लागि सन् २०१८ मा भएको खर्च सन् २०१७ को भन्दा दोब्बर हो ।

फोटो: गूगल

रिपोर्ट अनुसार जुकरबर्गलाई सुरक्षित राख्नका लागि फेसबुकले सन् २०१८ मा २ करोड २६ लाख डलर खर्च गरेको छ ।

जुकरबर्गका लागि गरिएको खर्चलाई फेसबुकले अन्य क्षतिपूर्ति शीर्षकमा खर्च जनाएको छ । उक्त शीर्षकमा भएको खर्चमध्ये अधिकांस जुकरबर्गकै सुरक्षामा भएको खर्च रहेको छ ।

त्यस्तै जुकरबर्ग र उनको परिवारको सुरक्षाका लागि थप ९० लाख डलर रकम समेत खर्च भएको उल्लेख छ ।

त्यस्तै व्यक्तिगत प्रयोजनका लागि प्राइभेट जेट प्रयोग गर्नका लागि गत वर्ष जुकरबर्गले कम्पनीबाट २६ लाख डलर भुक्तानी लिएका छन् ।

प्रयोगकर्ताका डाटाहरुको अनधिकृत रुपमा दुरुपयोग भएका, ह्याकिङका कारण लाखौँ प्रयोगकर्ताका निजी डाटाहरु चेारी भएको तथा गलत समाचार तथा हिंसा र घृणाजन्य सामाग्रीहरु फैलाउने काम गरेको भन्दै गत वर्षको सुरुवातदेखि नै फेसबुकको तीव्र आलोचना भैरहेको छ ।

फेसबुकको आलोचना बढिरहँदा यसका प्रमुख कार्यकारीमाथि सुरक्षा चुनौति बढेको ठहर गर्दै कम्पनीले जुकरबर्गको सुरक्षामा हुने खर्च समेत बढोत्तरी गरेको हुनुपर्दछ ।

-एजेन्सी

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!