काठमाडौँ, २६ जेठ : जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ। दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेकाे जुम्ला विमानस्थलले जनाएको छ।

फाइल फोटो

नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर भएर धावनमार्गबाट चिप्लिएपछि दुर्घटना भएको हाे।

विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा गएर ठोक्किएको थियो। विमानमा रहेका चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जानकारी दिएकाे छ। दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस