Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदसमाचारहरुहेडलाइन

टी–२० विश्वकप छनोट : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । बुधबार बिहान भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको छ ।
वर्षापछि खेल ९ ओभरमा झारिएको थियो ।

कप्तान पारस ढाडको समस्याका कारण आराम गरेपछि नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले सम्हालेका थिए । यी दुईले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रनको कीर्तिमानी राखे ।

प्रदीपले १४ बलमा १२ रन बनाएर ज्ञानेन्द्रलाई राम्रो साथ दिएका थिए । विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए । दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए । शरद भेषावकर ३ रनमा अविजित रहे ।

यसअघि मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन पूरा गर्यो । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै भरन्दीप सिंहले २१ रन बनाउँदा अहमेद फिचले ९ रन जोडे ।

मलेसियाका लागि ओपनरमा आएका अनुवर अरुदीन र साफिद सफ्रिद विना रन आउट भए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै नेपालका बसन्त रेग्मीले दुई विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!