विजय थापा ,अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिएको छ । उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको छ । बिजयी संगै बिजयी टोलीले २ हजार डलर नगद तथा पदक हासिल गरेको छ । गत वर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल भकुण्डो टोली बिजेता बनेको थियो ।
 
उक्त प्रतियोगिताको निर्णायक खेलमा ड्यालस गोर्खाज फुटबल क्लबले लस एन्जेलस ११ लाई २- ० ले हराई ७ औ दशैं कप फुटबल प्रतियोगिताको पदक प्राप्त गरेको हो । उक्त प्रतियोगितामा उप बिजेता रहेको लस एन्जेलस ११ टोलीले ८ सय डलर तथा पदका प्राप्त गरेको छ । प्रतियोगितामा पेमा योजर उत्कृष्ट खेलाडी घोषित भएका छन् । 
 
यसै गरि ३५ बर्ष भन्दा माथि उमेरका खेलाडीहरु बीच सम्पन्न उक्त खेल प्रतियोगितामा एफसी गोल बोसटर्स बिजयी भएको छ । उप बिजेता ड्यालस गोर्खाज फुटबल क्लब रहेको थियो भने उप बिजेतालाई ५ सय डलर तथा पदक प्रदान गरिएको छ ।
 
उक्त खेलमा गोल रहित भए पछि पेनाल्टीको माध्यम बाट एफसी गोल बोसटर्स बिजयी भएको हो । बिजेतालाई एक हजार डलर नगद तथा पदक प्राप्त भएको छ । रवि गौतम उत्कृष्ठ खेलाडी घोषित भएका छन् । 
 
हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्ने राष्ट्रिय भकुण्डो खेलाडीलाई सम्मान गर्ने भएकोले यस बर्ष  पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधर गरिनुको साथै तुलाधर नै प्रमुख अतिथि रहेका थिए । 
सन् २०१० देखि नै न्यूयोर्कमा बसोबास गर्दै आएका तुलाधरले आफू राष्ट्रिय भकुण्डो टोलिमा सन् २००३ मा सहायक कप्तान रहेको बताए । उनले अगाडी भने  सिड्नी ओलम्पिकमा टोलि प्रमुख रहेको र राष्ट्रको लागि ९ बर्ष सम्म निरन्तर खेलेको बताए ।,
 
सम्मानित भए पछि बिदेशी भूमिमा युवा पिढीले सम्मान गरेकोमा हर्ष लागेको बताए । आयोजकलाई आफूले जानेको कुरा ,सिकेको कुरा र अनुभव बारेमा सहयोग चाहेमा आफू सदैव युवा खेलाडीहरुका लागि सहयोग गर्ने बचन बद्धता दिएका छन् । 
 
तुलाधरले अगाडी भने आफुलाई देशले ठुलो लगानी गरेको तर भकुण्डो पदाधिकारीहरुको व्यक्तिगत स्वार्थ ,फोहरी राजनीति तथा व्यक्ति बिशेष हावी भएको कारण आफूलाई उक्त कुरा मन नपरेको कारण बिदेशिनु परेको तुलाधरले बताए । 
 
साथै मातृभूमि, खेलाडी र खेलप्रेमीहरुलाई आफुले सदैव माया गर्ने बताए । यहा बसेर पनि देशलाई केही सहयोग गर्नु परेमा आफू तत्पर रहेको तुलाधरले बताए । साथै ड्यालस गोर्खाज क्लबलाई धन्यबाद दिदै  प्रगतिको शुभकामना दिएका छन् । साथै ड्यालस गोर्खाज फुटबल टोलीका खेलाडी तथा प्रतियोगिताका संयोजक बिनोद विष्टले हरेक वर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गरेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए ।
 
गत वर्ष छैठौ दशैं कप फुटबल प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिएको थियो । नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडि खेलाइने उक्त प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको थियो । 

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस