विजय थापा , अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने ७ औ दशैं कप प्रतियोगितामा यस बर्ष नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मान गरिने भएको छ । तुलाधर हाल न्यू योर्कमा बसोबास गर्नु हुन्छ । 
 
गत बर्ष छैठौ दशैं कप भकुण्डो प्रतियोगिता नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको थियो l अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको यस बर्ष ७ औ दशैं कप भकुण्डो प्रतियोगिता आगामी अक्टोबर १४ तारिख हुने भएको छ । 
 
गत बर्ष उक्त प्रतियोगितामा क्यर्लिफोर्नियाको सन्निभेल टोली बिजेता बनेको थियो । हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेकोले यस बर्ष पनि चर्चित पूर्व राष्ट्रिय खेलाडी तुलाधरको नाम छनौटमा परेको हो ।
 
 ७ औ दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको छ । नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ । यस पटक ३ वटा उमेरका श्रेणीमा खेल खेलाइने छ ।  
 
युवा टोलीमा २ वटा समूह  ,वयस्क टोलिमा २० वटा समूह तथा ३५ बर्ष भन्दा माथिको उमेरको टोलीमा ४ वटा समूहले भाग लिएका जानकारी ड्यालस गोर्खाज फुटबल टोलि का प्रबन्धक बिनोद बिष्टले बताएका छन् । 
 
बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल $ ४,३०० डलरको व्यवस्था गरिएको छ । दर्ता बन्द भै सकेको छ भने अब तयारी अवस्थामा पुगेको बताईएको छ ।
 
ड्यालस गोर्खाज फुटबल टोलि  बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l 

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस