प्रबास

डीसीमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु संग अन्तरक्रिया

विजय थापा ,डिसी । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय विकास सँस्था द्वारा आयोजना गरिएको विकेन्द्रीकरण ,सुशासन ,नेपालको आधारभूत विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख ब्याञ्जु सहित रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेत तथा सडक बिभागका शिव हरि सापकोटा समेतले सहभागिता जनाउनु भएको थियो । 
 
अमेरिकाको भ्रमणमा रहनु भएका नगर प्रमुख  ब्याञ्जुले एक अन्तरक्रिया कार्यक्रममा धुलिखेललाई सत प्रतिसत साक्षरता गर्ने तथा बालश्रम मुक्त घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो । 
 
नेपाल नगरपालिका संघका अध्यक्ष समेत सहित रहनु भएका अशोक ब्याञ्जुले नेपाल कृषिमा तरकारी,कुखुराको मासु ,अन्डा आई इत्यादी बाहेक सबै कुरामा अन्य देश संग निर्भर रहनु पर्ने बताउनु भयो । 
 
आफ्ना भनाइहरु राख्दै अहिलेको स्थानीय सरकार भनेको नै ईतिहास कै सर्बाधिक रुपमा शक्तिशाली रहेको बताउदै पहिले गाउँ पालिकामा ७-१० लाख बजेट हुने गरेको हाल १० करोड सम्मको बजेट रहने बताउनु भयो । ब्याञ्जुले अब स्थानिय सरकार स्थिर छ र कसैले पनि स्थानिय सरकारलाई अविश्वासको प्रस्ताव समेत ल्याउन नसक्ने बताउनु भयो । 
 
मन्तब्य कै क्रममा पर्यटन,जल बिद्युत,कृषि ,उद्योग लगायत धेरै कुरामा राम्रो सम्भावना रहेको बताउनु भयो । वहाले विकास गर्न खर्च चाहिन्छ भन्ने कुरामा जोड दिनु भयो । यसको लागी अन्तर्राष्ट्रिय दात्री निकायहरु संग विकासको लागि कुरा अगाडी बढाएको बताउनु भयो । विकास भनेको भावना मात्रले नहुने बताउनु भयो । त्यसको लागि सरकार संगै खर्च छैन भन्नु भयो । 
 
वहाले गरिवी निवारणका कार्यक्रम ,सडक निर्माण ,खानेपानी स्वास्थ्य सम्बन्धि बिशेष चर्चा गर्नु भयो । मन्तब्य कै क्रममा धुलिखेल ९८.८ प्रतिसत साक्षरता भै सकेको बताउनु भयो । 
 
कार्यक्रममा उपस्थित बुद्धिजीवी,विभिन्न पेशामा संलग्न विभिन्न व्यक्तित्वहरु अमेरिकन संघीय सरकार ,नीति निर्माणमा कार्यरत नेपाली समुदाय ,अमेरिकामा संघीय सरकार तथा स्थानीय सरकार सग काम गरि रहेका अभियन्ता लगायतले सुझाव ,सल्लाह तथा जिज्ञाशा राख्नु भएको थियो । 
 
नगर प्रमुख अशोक ब्याञ्जु तथा सडक बिभागका शिव हरि सापकोटाले वहाहरुलाई सोधिएको जिज्ञाशाको जवाफ दिनु भएको थियो । ब्याञ्जुले सबै नेपालीलाई ज्ञान,बुद्धि ,शीप तथा सम्भव भएमा धन राष्ट्रलाई दिन आग्रह गर्नुको साथै देशलाई पनि फर्केर हेर्नु पर्ने बताउनु भयो । 
 
यसै गरि रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेतले आफूले सडक मर्मतको कार्यको कोष(फन्ड)सुनिस्चितता गर्ने बताउनु भयो । नेपालमा सडक निर्माण गरेका छौ तर उक्त सम्पति व्यवस्थापन गर्न हामीले जानेका छैनौ भन्नु भयो । साथै सदैव नेपालमा बनेका सडकका गुणात्मक बारेमा प्रश्न उठ्ने र सडक मर्मत सम्भारका लागि उठाइएको रकम निकासामा ढिला हुने कारण सडक निर्माणमा ठूलो समस्या रहेको बताउनु भयो । 
 
यसै गरि सडक बिभागका शिव हरि सापकोटाले पहिला सानो सडक बन्दथ्यो भने अब ठूला सडक बन्ने तयारीमा रहेको बताउनु भयो ।  वहाले इतिहास कै सबै भन्दा खराव सडक हाल काठमाडौँको भएको बताउनु भयो । एउटा मेलम्ची खानेपानी को कारण जताततै सडक भत्काउने र अर्को यहि समयमा अत्यधिक सडक  ठेक्का खुला गरेको कारण त्यस्तो पनि अवस्था भएको जनाउनु भयो । 
 
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ( बिद्या वारिधि )को उपस्थिति रहेको थियो भने राजदुत कार्कीले आफूले अमेरिकामा संघीय सरकारमा काम गर्ने ठूला ठूला नेपालीहरु भेटको चर्चा गर्नु भयो । वहाहरु आफ्ना शिप,ज्ञान,अनुभव मातृभूमिको लागि समर्पण गर्न इच्छुक पनि रहेको कुरा चर्चा गर्नु भयो । 
 
अन्तर्राष्ट्रिय विकास सँस्था (आईडिआई) का सँस्थापक सुमन तिम्सिनाले कार्यक्रमको संचालन गर्नु भएको थियो  । 

तल प्रतिकृया दिनुहोस