अङ्रेजी हेडलाइनहेडलाइन

डोनाल्ड ट्रम्पलाई भेट्न रेल चढेर भियतनामतर्फ लागे किम

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन रेल चढेर भियतनामतर्फ प्रस्थान गरेका छन् ।

उत्तर कोरियाको सरकारी समाचार संस्थाले आफ्ना नेता बुधवार र बिहीबार हनोइमा हुने वार्ताका लागि प्रस्थान गरेको पुष्टि गरेको छ ।

किम झण्डै ३ दिन लगाएर चार हजार किलोमिटर परको भियतनामको राजधानी पुग्नेछन् । दुई नेताहरूबीच दोस्रो पटक हुन लागेको उक्त वार्तामा किमको टोलीमा उनका परमाणु मामिला दूत, विदेशमन्त्री र उनकी बहिनी पनि सहभागी छन् ।

हनोईमा हुन गइरहेको दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्न लागेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको बहुप्रतिक्षीत पहिलो शिखर बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो ।

दोश्रो शिखर बैठकपछि दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने अनुमान गरिएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!