Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

तमु समाज बेल्जियमको १९औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न

वाई.बी.गुरुङ्ग, बेल्जियम — २८ जून २०१९,   तमु समाज बेल्जियमले आफ््नो १९ औं स्थापना दिवस एक भव्य कार्यक्रम गरि बेल्जियमको अन्त्वेर्पेन शहरमा भब्य रुपमा सम्पन्न गरेको छ ।
तमू समाज बेल्जियमकी अध्यक्ष श्रीमती नन्द कुमारी तमुस्योको सभापतित्वमा ,पुर्व अध्यक्ष श्री कुमार तमुज्यु,जे पु.अ. श्री बालेन्द्र तमु पु.अ.श्री पदम प्रबासी तमु, निबर्तमान अध्यक्ष श्री जीवन तमु ,जेष्ठ अभिभावक श्रीमती दिल कुमारी तमुस्यो, बिशेष उपस्थिति  एन.आर.एन.ए. केन्द्रिय सचिब श्रीमती जानकी तमुस्यो र समाजका संरक्षक तथा एन.आर. एन.ए. लग्जम्वर्गका अध्यक्ष श्री नारायण तमुज्यु लगाएत तमू समाज बेल्जियमका आजीवन सदस्य श्री रतन तमु, श्री प्रदीप घले  ,सल्लाहकार ज्युहरु , तमु समाज पोर्चुगलका  सदस्य श्री हिरा काजी गुरुङ लगायत तमु दाजुभाई तथा दिदीबहिनीहरुको संयुक्त उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
तमू समाज बेल्जियमकी अध्यक्ष, पुर्व अध्यक्षज्यूहरु, केन्द्रिय सचिब, संरक्षकज्युद्वारा दीप प्रज्वलन गरि संयुक्त रुपमा कर्याक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष श्री गंगा बहादुर गुरुङले गर्नु भएको थियो भने  शुभकामना मन्तब्य दिने क्रममा सल्लाहाकार चोक राज तमू, लगायत आजीवन सदस्य ,संरक्षक,केन्द्रिय सचिब पुर्व अध्यक्ष द्वारा समाजको उत्तर उत्तर प्रगतिको कामना गर्दै शुभ कामना मन्तब्य दिएका थिए ।
समाजको विवध कार्यक्रमहरु गर्न र उद्धेश्य पुरा गर्न तमू समाजको आफ््नै  भवन निर्माण  गर्ने योजनाको अनुरुप उक्त कार्यका लागि समाजका पुर्व अध्यक्ष श्री कुमार तमु ज्युलाई सम्पूर्ण जिम्मेवारी सहित “ भवन निर्माण तथा खरिद समितिको प्रमुखमा नियुक्ति गरिएको छ ।
हरेक वर्ष २५ जूनलाई तमू समाज बेल्जियमको स्थापना दिवसका रुमा मनाईदै आएको छ ।  सन २००० जून २५ तारिक बेल्जियममा यो समाजको स्थापना गरिएको थियो भने बेल्जियमको नेपाली डायस्पोरामा सबै भन्दा पुरानो र पहिलो सामाजिक संस्था तमू समाज, बेल्जियमलाई मानिन्छ ।
कार्यक्रममा  कमल तमु , बिकास तमु, राजा कुमार तमुलगाएत सम्पूर्ण तमू परिवारहरुले मनोरञ्जन गरेका थिए भने उकत कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नमा प्रत्यक्ष अप्रत्यक्ष सहायोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट धन्यबाद स्वरुप  संस्थाकी अध्यक्ष नन्द कुमारी तमूस्योले खतक लगाएर सम्मान गर्नु भएको  थियो भने कार्यक्रम समाजकी महासचिव अनिता घलेले सञ्चालन गर्नु भएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!