प्रबास

तमू समाज बेल्जियमको ऐतिहासीक दशौँ अधिवेशन मार्च २४ मा हुने ।

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
वाई.बि.गुरुङ्ग, बेल्जियम, ७ मार्च २०१९— “प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ््या म्हमु, छ््या म्हस्याँ म्हि म्हमु” शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउछ, परम्परा हराए मान्छेको अस्थित्व हराउछ ”
“प्रवाशमा भाषा,संस्कृति,अस्थित्व,पहिचान र एकताको लागि सहकार्य तथा सद््भावमा हाम्रो सहभागिता” भन्ने मूल नारा सहित तमू समाज बेल्जियमको ऐतिहासीक दशौँ अधिवेशन आगामी २४ मार्च २०१९ बेल्जियमको प्रसिद्ध शहर ल्युभेनमा हुने भएको छ ।
सन २००० सालमा स्थापना भएको तमू समाज बेल्जियमको नेपाली डायस्पोराको सबै भन्दा पुरानो र गरिमामय ईतिहास बोकेको सामाजिक संस्था हो ।
तमू समाज बेल्जियमले स्थापनाकाल देखी भाषा, संस्कृति तथा परम्पराहरुको संरक्षण, सम्वर्धन र विकासका लागि प्रवाश देखी घरदेस सम्म ठूलो योगदान दिदै आएको छ भने अपसी एकता, समाजिक सदभाव र सामुहिक सहभागिता र सहअस्थित्वका लागि सधै अग्र पंक्तिमा रहेर खेलेको महत्वपूर्ण भूमिकाका बारेमा बेल्जियमबासी नेपालीहरु खुलेर प्रशंसा गर्छन ।
बेल्जियमको नेपाली डायस्पोरामा अभिवाकत्व संस्थाको रुपमा परिचित तमू समाज बेल्जियमको यस दशौँ अधिवेशनलाई निक्कै महत्वका साथ हेरिएको छ ।
बेल्जियममा बसोबास गर्ने सम्पूर्ण तमूहरुको छाता संस्था तमू समाज, बेल्जियमको नवौँ अधिवेशनबाट फरक मत राखेर अर्को संस्था तमू धिँ, बेल्जियम खोलिएको छ ।
उक्त अधिवेशनलाई सम्वोधन गर्नकालागि तमू छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ्ग नेपालबाट आउने कार्यक्रम रहेको छ भने यूरोपका बेलाएत, पोर्चुगल, हल्याण्ड, फ्रान्स,स्पेन, नर्वे, जर्मनी लगाएत देसमा रहेका तमू समाजका प्रतिनिधिहरुको पनि सहभागिता रहने कुरा तमू समाज, बेल्जियमका अध्यक्ष जीवन गुरुङ्गले जानकारी दिएका छन्् ।
दशौँ अधिवेशनले आपसी सदभाव र एकता कायम गर्न सकोस हाम्रो शुभकामना ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!