लक्ष्मण थापा, नेदरल्याण्ड

गाउँको बसपार्क नजिकै ठुलो अक्षरमा कान्छी आमैको चिया पसल लेखेको बोर्ड। त्यो बोर्डमा स्टोप माथि चिया पकाउन बसालेको भाँडोमा दुध दुदै गरेको गज्जबको चित्र । अनि त्यस्कै तल यहाँ सस्तोमा खाट्टी दूधको चिया पाईन्छ लेखिएको सबैले टाढै बाट देख्न सकिने निकै सुन्दर बोर्ड झुन्डिएको छ । चिया नपिउने बटुवा पनि त्यो बोर्ड्मा  एक पटक आँखा बिसाएर ठिङ्ग उभिन्छ । गज्जब पाडोले पनि खाट्टी दुध पिउन मुस्किल यो जमानामा सांचिकै बोर्ड्मा लेखे जस्तै खाट्टी दुधको बाक्लो चिया खुवाउछिन् कान्छी आमै ।

मोबाइलको आलारामले होईन । सबेरै भालेको आलारामले उठछिन कान्छी आमै र हस्याङ फस्याङ गर्दै स्टोपमा दम दिन ब्यस्त देखिन्छिन् । के जाडो के गर्मी कान्छी आमैको चिया पसल सधैं भिड हुन्छ । त्यो भिड बाक्लो चियाको स्वादले मात्र नभएर चार्बिसे चार पुगेका जिम्माल बाले आफ्ना नक्कली दांतलाई जिब्रोले टेको लगाउदै गर्ने रमाइला गफ सुन्न त्यहाँ ठुलो भिड लाग्ने गर्छ l कुनै दिन कान्छी आमैको चिया पसलमा जिम्माल बा गयल भए भने आफुले पियको चियाको पैसा दिन मान्छेहरुले मन अमिलो बनाएको धरो धर्म मेरै आँखाले धेरै पटक देखेको छु । यो पंतिकार पनि कान्छी आमैकोमा बाक्लो चिया र तिनै बाको गफ सुन्ने ठुलो भिड्को कुनै दिन एउटा भरपर्दो सदस्य थिएँ।

जान्न पनि जिम्माल बाले के बिधि ठट्टा जानेका । आफ्नो गिलासमा झिंगा पौडिएको भेउ नपाउने गरेर आफ्ना गफमा लठ्ठिएका छेस्के केटाहरु गल्ल हाँसी हाले भने, उनी झन हौंसिदै तातो चिया पनि चिसो मैइ पिय जसरी सुरप्प पिउदै अहिलेका प्रधान मन्त्रिलाई उखान टुक्का सिकाउने गुरु आँफैलाई बताउछन । कहिले काहिं जिब्रोले टेको लाउन खोज्दा खोज्दै हाँसोले मातिएका उनका नक्कली दाँत भुइमा हाम फाल्न खोज्दा आफ्ना ३२ वटै दाँत पञ्चायत ढाल्ने आन्दोलनमा शहिद् भएको खिस्सा हाल्दै जिम्माल बा लाज छोप्न खोज्छन । तर जिम्माल को पदक उनको राज प्रशाद हो भन्ने जग लाई थाहा नभाको कहाँ होर र ? फेरी पनि उनि पछील्लो दिनमा कहिले काहिं मन्चमा माइक फेला पारे भने बहुदल देखि यो गणतन्त्र सम्म उनले गरेको तपस्या र योग्दान भट्टाउन न्वारनको बल प्रयोग गर्ने गर्छन् । कुरा गर्न साह्रै सिपालु ।

आज पनि कान्छी आमैको चिया पसल सधैं जस्तै भिड थियो । तर जिम्माल बाको अनुहार पानी पर्न नसकेको आकाशमा कालो बादल मडारिए जस्तै देखिन्थ्यो । बिस्तारै कान्छी आमैको चिया पसलको मसलेदार बाक्लो चियाले बुढो शरीर तात्दै गए पछि नक्कली दाँतलाई जिब्रोले टेको लगाउदै जिम्माल बाको बक्य फुट्यो हेर केटा हो, हिजो आमा समुहको कार्यक्रममा ठ्याकैपरारै पिलेन चडे जस्तै भयो ।१० वटा बसका टिकट आउने पैसा हालेर काठमान्डौ बाट छोराले पिलेन् मा चढायो केको, भात खान रोक्ला भन्दा भन्दै पानी पनि खान नदीइ भैरहवा पो झार्यो । त्यहाँ गलल हाँसोको फोहोरा फुट्यो । गलल हाँसोको फोहोराले उनलाई कत्ती बगाएन इन्च पनि हल्लाएन । आफ्नो पिडाको पोका पुन्त्तुरा को बेली बिस्तार लगाउन रोकिएनन् । गाउँमा आमा समुहले गरेको तिहार भईलो कार्यक्रममा सबै भन्दा बढी रकम दिदा दिदै पनि यो पटक उनलाई मन्चमा मन्तब्य राख्न नबोलाएकोमा आफु भित्र भित्रै पाकेको पीडाको पिलो लाई पिलेनको खिस्सा सुनाउदै चिया र गैंडा चुरोटको लामो सर्को संगै उनले एकै सास्मा त्यो पिलो निचोरे।

जिम्माल बा को घरमा मासु पाक्न दशै कुर्नु पर्छ । उनी जस्तै कुरा गर्न सिपालु उनका छिमेकी मुख्या बा सुनाउछन् । तर गाउँमा हुने कुनै पनि कार्यक्रमका लागि चन्दा दिन भने उनले खल्तिमा हात सबै भन्दा पहिला लैजान्छन् र मन फुकाएर सहयोग गर्दै आएका छन्, त्यसैले होला केहि दशक भित्र रुख सुर्य गाई सबै चुनाव चिन्ह चाखी सके, र पनि उनि अझै थाकेका छैनन् । चन्दा दिएरै हुने भए त्यो गाउँको आमा समुहको अध्यक्ष उनि धेरै पहिला भै सकेका हुने थिए । जिम्माल बा गफ गर्न जति सिपालु छन, पदका लागि पनि उनी त्यत्तिकै लोभि छन् । प्राय गाउँमा हुने कुनै पनि कार्यक्रमका मन्चमा आशन ग्रहण गर्न र मन्चमा बोल्ने कुनै मौका चुकाएका हुदैनन् I बोल्ने उनको खान्दानी पेशा जस्तै गर्छन् । उनको हातमा माईक पर्‍यो भने आँफैले सम्झेर बुझेर माईक कार्यक्रम संचालक लाई सुम्पेका घट्ना सायद् छन् ।

ठ्याक्कै जिम्माल बा प्रवृति पछील्लो समय मुग्लानमा निकै बढि झांगिएको देख्न सकिन्छ । बर्ष दिनमा एक दिन गरिने दशै तिज तिहार जस्ता कार्यक्रमहरुमा पनि आफु बिदेशी भूमिमा नभएर कुनै दलाल मेनपावरबाट लुटिएर काठमान्डौका गल्लिमा भौतारिरहेको बटुवा, रत्न पार्क र खुल्ला मन्चमा बदम खाँदै कुनै सिपालु नेता ज्युकोको भाषण सुन्दै छु जस्तो महसुस हुन्छ ।

हो कुनै पनि कार्यक्रम सन्चालन गर्न केहि औपचारिकता निभाउनु पर्ने आबश्यक हुन सक्छ । कार्यक्रम संचालनका लागि अध्यक्ष देखि समाजका विभिन्न बिशिस्ट व्यक्तित्वहरु लाई मन्चमा बोलाएर आशन ग्रहण र सम्मान गर्नु आयोजकको दाइत्व र कर्तब्य मात्र होइन कार्यक्रमको शोभा पनि हो I तर केहि समाजका अभियन्ता, समाज सेबीहरु मन्चमा आफ्नो मन्तब्य राख्दै गर्दा धारा प्रबाह बोल्ने मदन भण्डारी र गगन थापा मात्र होइन यसै समाजमा थोरै बोल्ने कुलमानहरु पनि प्रिय छन् भन्ने कुराको हेक्का नराखेर लामो पट्यार लाग्ने भाषण गर्दा धेरै कार्यक्रमहरु अशोभनिय हुने गर्छन् । त्यति बेला आफु मुग्लानमा भए पनि मेरा गाउँका तिनै जिम्माल बाको झल्झली सम्झना आउछ ।

यति बेला मेरो ध्यान यहाँ, को लामो, को छोटो र को जायज को गलत बोल्यो भन्ने कुरामा पटक्कै होइन । मेरो जोड केबल मन्च्मा कुनै बक्ता बोली रहदा कतिले सुने सुनेनन् कतिले मनन गरे भन्ने कुरामा हो । एउटा कुनै समाजको अभियन्ता समाजकै राम्रो को लागि नै बोलिरहेको होला । तर समय र ठाउँ अनुकुल मन्तब्य राख्न सके मात्र मन्तब्यको अर्थ हुन सक्छ । र उ समाजमा प्रिय बन्न सक्छ । यहाँ मन्दिरमा बिराजमान भगवानका जुम्लिया भाई जस्तै देखिने बाटोमा भेटिएका धेरै ढुङ्गालाई कुल्चिदै मान्छेहरु मन्दिरमा राखिएका भगवान भनिएका ढुङ्गालाई फुल चढाउन ठुलो भिड लाग्ने गर्छ । त्यस्तै फलामबाट आकर्शक र सुन्दर सामाग्री बनाउन फलाम तातेको बेला नै पिट्नु पर्छ । अन्यथा समय मात्र होइन शक्ति पनि र्हास हुन्छ । यसर्थ ठाउँ र समय अनुकुल मन्तब्य हुनु पर्छ भन्ने मेरो जोड हो । बक्ताले मात्र होईन आयोजकले पनि मनन गर्ने बेला भएको छ ।

त्यसैले म फेरी पनि जोड दिएर भन्छु दशै तिहार तिज जस्ता कार्यक्रमहरुमा समाजका कुनै अभियन्ता समाजसेबी या कुनै नेता ज्युले समाज बदल्न देखेका सुन्दर सपनाहरुलाई घन्टौ लगाएर भाषण गर्ने उपयुक्त ठाउँ हुँदै होइन । त्यस्ता सपनाहरुको बहस आफ्नै संघ सस्थाहरुमा चलाऊदा सार्थक र उपयोगी हुन सक्छ । यहाँ त कोखिलामा लाला बाला च्यापेर गएकी चेली, साथी संगी सँग नाँच गानमा रमाएर माइती भुल्न चाहिरहेकी हुन्छिन् I बर्षौ खाली निधार लिएर प्रदेशमा भौतारिएको कसैको छोरो कसैको भाई आफ्ना बृद्ध भएका बा आमा अनि दिदी बहिनी लाई बिर्सन नसकेर भारी भएको मन बहालाउन गएको हुन्छ । यति मात्र होइन । यहाँ त धेरै बाबु आमा आफ्ना कलकलाउदा छोरा छोरीले जति मर्काउन खोज्दा पनि नमर्कने कम्मर मन्चमा मर्काएको हेर्दै ओठमा मुस्कान बटुलेर दिनभरिको कामको थकाई बिसाउन पुगेका हुन्छन् । जब त्यो मन्चमा कुनै समाजको अभियन्ता समाजसेबी वा कुनै नेता ज्यु हातमा माईक समाएर एक्लै रमाउन थाल्छ नि । बिचरा नाति नातिना बोकेर आएका हजुर बा हजुर आमा तितो बियर र टर्रो वाइन पिउदा कहाँ हो र ? चिसो पानी पिउदा पनि मुख बिगार्दै गरेको भेटिन्छन।

त्यसकारण मेरो बिनम्र निबेदन यो मुग्लानमा समाज बदल्छु भन्ने ठुला सपना नदेखेकै बेश । २४ सै घण्टा बिजुली बलेकै छ । बाटो घाटो चिल्लो छदैछ । धारा खोल्दा पानी तातो चिसो झरेकै छ । यो समाजमा हामी थोरै छौ, हो विभिन्न थरिका छौ, आ-आफ्नै भाषा सस्कृति छन् । फरक फरक आस्था होलान् तर हामी सबै नेपाली हौ । त्यसैले हरेक नेपालीले मनाउने बिशेष कार्यक्रमहरुमा सबैको मुहारमा ख़ुशी देख्न सकिओस I केहि घण्टाका लागि सहि आफ्ना घर परिवार बिर्सन सक्ने बातावरण भएका कार्यक्रमहरु गर्न सके मात्र पनि समाज बदल्छु भनेर तिमीले न्वारनको बल लगाउनै पर्दैन I

यो आलेख कसैलाइ उपदेश दिन लेखिएको बिलकुलै होईन । त्यो मेरो दक्षता पनि छैन तर जिम्माल बा प्रब्रितिको ध्यान आकर्षण गराउन भने पक्कै खोजिएको हो । यहि समाजमा बस्ने एउटा सदस्य भएकाले जे देख्छु जे भोग्छु म त्यही लेख्ने कोशिस गर्छु । त्यसैले म त भन्छु राजनीतिको बर्को ओढेर गर्ने समाज सेवा बन्द गर र तिमी आफु बद्ल । म बद्लिने छु, मेरो परिवार बद्लिने छ। फेरी दोहोराएर भन्छु, बश केबल तिमी बद्ल तिमीले बदल्न खोजेको यो समाज कसम आफै बद्लिनेछ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस