Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

दीपक र दीपाको नयाँ फिल्म ‘छ मायाँ छपक्कै’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम तय भएको छ ।

आउँदो वैशाखबाट छायाँकनमा जान लागेको यो चलचित्रको नाम ‘छ मायाँ छपक्कै’ राखिएको छ ।
चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै नाम सार्वजनिक गरिएको हो । मंगलवार बिहान कलाकार गिरीले फेसबुकमार्फत् फिल्मको नाम सार्वजनिक गरेका हुन् ।

दीपक र दीपालाई ‘छ’ नामबाट जुराइएको फिल्म निकै फापेको छ । सोही कारण यसपटक पनि फिल्मको नाम ‘छ’ बाटै जुराइएको छ ।

‘घामपानी’ र ‘गापी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले फिल्म ‘छ माया छपक्कै’ निर्देशन गर्दैछन् । निर्माता अधिकारीले फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताए । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनको भनाई छ । आउँदो वैशाख २२ गतेबाट फिल्मको छायांकन शुरु हुनेछ भने दशैंमा प्रदर्शनमा आउनेछ ।

फिल्मलाई हरी हुमागाईंले खिच्नेछन् । यो फिल्म दीपकराजको टिमले विना लगानी ५० प्रतिशत मुनाफा लिने शर्तमा काम गर्न लागेको हो ।

बुझ्ने भाषामा भन्दा फिल्ममा सम्पूर्ण लगानी निर्माता अधिकारीको रहनेछ तर, फिल्म सफल भएको खण्डमा उनले मुनाफाको ५० प्रतिशत दीपकराजलाई बुझाउनु पर्नेछ । फिल्ममा अहिलेसम्म दीपक र केदार घिमिरे मात्र कलाकारको रुपमा फाइनल भएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!