Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रियसमाचारहरु

दुई कोरियाबीचको सीमामा ट्रम्प र किमबीच भेट

एजेन्सी । दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ ।

ट्रम्पले शनिबार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए ।

आइतबार बिहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन । ट्रम्पले भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरूसहित असैनिकीकृत क्षेत्र पुगेका थिए ।

त्यहाँ स्थानीय समय अनुसार अपरान्हको समयमा दुई नेताबीच छोटो भेट भएको थियो । भेटमा दुईजनाले आपसमा हात मिलाएका थिए । त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए ।

असैनिकीकृत क्षेत्रमा किमलाई भेट गर्दै उत्तर कोरियाली भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बनेका छन् ।

बीबीसीका अनुसार डिमिलिटराइज्ड जोन डीएमजी समेत भनिने असैनिकीकृत क्षेत्रमा सम्वाददाताहरूसँग बोल्दै ट्रम्पले भेटको क्षण वास्तवमै ऐतिहासिक भएको बताउँदै उनी दुई कोरियाबीचको ‘सीमा पार गर्न पाउँदा गौरवान्वित भएको’ बताएका थिए ।

पत्रकारहरू सामु विरलै बोल्नै गरेका किमले यो भेट ट्रम्प र उनीबीचको ‘गजबको सम्बन्ध’ को संकेत भएको बताए ।

उत्तर कोरियालाई विवादास्पद परमाणु हतियारको कार्यक्रम रोक्ने मनसायका साथ ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । तर पहिलो भेटबाट केही उपलब्धि हुन सकेन ।

गएको महिना भियतनामको हनोइमा गएको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा परमाणु कार्यक्रमले गति लिने अपेक्षा गरिएको थियो । दोस्रो बैठक पनि बिना कुनै सम्झौता सकिएको थियो ।

भरखरै मात्र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले चिठी आदनप्रदान गरेका थिए ।

हेर्नुहोस् भिडियो

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!