Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

लेख रचनाहेडलाइन

दुई फरक घटना तर पृष्टभुमि भने उही, जातीय/बर्गिय भेदभाव

  बन्दना अधिकारी, नेदर्ल्याण्डस्

अहिले अमेरिका र कति युरोपेली मुलुकहरु वलिरहेका छन् । मानिसहरु यो कोरोनाको महामारिमा पनि आफ्नो स्वास्थ्यको पर्वाह नगरिकन लाखौको संख्यामा सडकमा उत्रिएका छन् र भनिरहेका छन् (Black life matters) काला बर्गको जीवनको पनि उत्तिकै महत्व छ । (Stop Discrimination) भेदभाव बन्दगरौ ।

केहि दिन पहिले अमेरीकामा एक प्रहरीले जोर्ज फ्ल्लोइड भन्ने एक काला व्यक्तिलाई प्रकाउमा परेपछि आठ मिनेट सम्म उनको घाटिमा धुडाले थिचेर बस्दा उनको घटनास्थलमै निधन भएको थियो । यो घटना अमेरिकामा काला जातिय समुहमाथि भएको भेदभाव र उत्पिडनको कुनै पहिलो घटना भने होइन । यस अधि पनि पटक पटक यस्ता घटनाहरु घट्ने गरेका छन् ।

जोर्जको मृत्युको घटनाले अहिले हर राष्ट्रिय अनि अन्तराष्ट्रिय समचार माध्यमहरु तातेका छन् । न्युज च्यानल, Facebook र twitter जता हेर्यो यहि विषयले चर्चा पाएको छ । नपाओस पनि किन जे घटना घट्यो यो अतिनै गलत हो । कुनै पनि देशको सम्विधानले जातिय र बर्गिय विभिदताको आधारमा भेदभावको अनुमति दिदैन । यो घटना हुदै गर्दा घटना सम्वन्धि एउटा भिडियो वाहिरीएको थियो जसमा जोर्ज ले आफुले सास फेर्न नसकेको भन्दै छोडनलाई अनुरोध गरेका थिए । तर ति पुलिस अफिसरले उत्तिकै यातना दिईरहे। अनि सास फेर्न नसकेकै कारण जोर्जको मृत्यु भयो । यो भिडियो हेर्दा रगत नतात्ने मानिस सायदै कोहि होला । त्यसैले धेरै ठुलो सख्यामा विरोधको लागि मानिसहरु सडकमा उत्रिएका छन् र न्यायको लागि दवाव दिई रहेका छन् ।

केहि दिन अगाडि नेपालको रुकुम जाजरकोटमा एउटा घटना घट्यो जसमा छ जना युवाहरुले आफ्नो ज्यान गुमाए । एक दलित परिवारका युवाले आफुभन्दा माथिल्लो जातकि युवति संग प्रेम गरेको निहुमा गाउलेहरुले ढुगां मुडा गरेर पिटेर हत्या गरि भेरि नदिमा फालिदिएको भनि समाचारमा सुन्न आयो । यस घटनामा गांउका बडा अध्यक्ष समेतको सम्लगंनता रहेछ ।

नेपालमा पनि दलित समुहमाथि भएको यो पहिलो घटना पक्कै होइन । कहिले मन्दिरमा प्रवेश गरेको निहुमा, कहिले वोक्सिको आरोपमा त कहिले उच्च जात संग प्रेम गरेको निहुमा उत्पिणन / दुरव्यवहार भईनै रहेका छन् । यो छुवाछुत प्रथा एउटा भाइरस सरि हाम्रो मन मस्तिस्कमा गडेको छ ।

नेपालको सविंधानमा छुवा छुतको अन्त्य भए पनि व्यवहारमा यो लागु हुन कथापि सकेको छैन । व्यक्तिको राजनितिक तथा व्यक्तिगत स्वार्थका कारण यति ठुलो घटना घट्दा पनि सत्तारुडदल मौन नै छन् । यो वास्तवमा नेपाली राजनितिको प्रथानै बनिसक्यो । चाहे जुनसुकै समुह र दल किन नहोस यदि कुनै घटनाका दोसि सत्तारुड समुहका निकट छन् भने सत्तापक्ष मौन बसिदिन्छन् । निर्मला घटना काण्ड लाई यसको बलियो उदाहरणको रुपमा लिन सकिन्छ । जसको कारणले अपराधिलाई सजायको ठाउमा हौसला मिल्ने गर्दछ ।

मैले जोर्जको कुरा यहां ल्याएर जोड्नुको कारण मेरो असन्तोषता हो । घटना दुई भिन्न देशमा भिन्न तरिकाले घटेतापनि यो दुई घटनाको पृष्ठभुमि जातिय र बर्गिय भेदभावनै हो । संसारमा कुनै पनि व्यक्तिमा उसको जात, रंग र घर्मको कारण भेदभाव हुनु हुदैन । सवै मानिस समान हुन र सवैको अधिकार समान छ ।

एक घटनाले विश्वको ध्यान आकर्षण गर्यो अनि लाखौ करोडको समर्थन पायो भने अर्को घटना त्यसै सेलाउदै हराउदै गैरहेको छ । हामि सामाजिक सन्जालमा पोख्त छौ तर पनि हिच्किचाईरहेका छौ यो अन्यायको विरुद्द आवाज उठाउनलाई । जोर्ज लाई न्याय दिलाउनको लागि आज आम नागरिक देखि खेलकुद जगत कलाकारीकता क्षेत्र सवै एक जुट भएर विभिन्न माध्यम र तरिका बाट न्यायको माग गर्दै छन् । खोई हाम्रा कलाकारहरु ? खोई हाम्रो खेलकुद जगत ? खोई हाम्रो नागरिक अगुवा समाज ? खोई हाम्रो सेलिब्रिटीहरु बोलेको नवराज अनि उनका पांच सथिहरुलाई न्याय दिलाउनको लागि । म यि दुई घटनामा नवराज घटना अझै संघिंम देख्छु ।

हामि लाखौ करोडौको संख्यामा सडकमा उत्रिन नसकुला तर घरबाटै एउटा FB status र tweet गरि यो छुवाछुत विरुद्ध जनचेतनाको अभियान चलाउन भने पक्कै सक्छौ । हामिले यो घटनालाई अन्तराष्ट्यिकरण नगरेता पनि देश भित्रै जनचेतनाको आन्दोलन पक्कै चलाउन सक्छौ ।

तल प्रतिकृया दिनुहोस