काठमाडौँ, १० असार : दुर्इ क्वीन्टल बढी चरेश बोकेको ट्रकसहित भारतीय चालक प्रहरीकाे फन्दामा परेका छन्। नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरो (एनसीबी)ले २ सय १३ किलो चरेससहित भारतीय भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले ट्रकका चालक २५ वर्षीय मेगराज आलमलाई पक्राउ गरेको छ। तर, अन्य कारोबारी गिरोहलाई भने पक्राउ गर्न सकेको छैन। गिरोहमा आबद्ध थप व्यक्तिहरुको खोजी भइरहेको एनसिबीका प्रमुख डिआइजी ठूले राईले बताए।

डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा धादिङबाट काठमाडौं ल्याउँदै गरिएको अवस्थामा ब्यूराेले उक्त लागूऔषध बरामद गरेको हो। ट्रकबाट साढे २ केजी अफिमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

ट्रकमा फल्स बटम बनाइ चरेश र अफिम भारतमा तस्करीको प्रयास भएको थियो। यसअघि पनि पटक पटक आफुले नेपालमा लागूऔषध तस्करी गरेको चालक आलमले बताए।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस