काठमाडौँ, २७ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउन जिल्ला जिल्लामा संगठन भित्र कडा कदम चाल्न निर्देशन दिएका छन्।

देउवाले पार्टीभित्रका अन्तरघातीहरुलाई कारबाही गर्छु भन्दै जिल्ला जिल्लामा संगठन भित्र कडा कदम चाल्न निर्देशन दिएपछि पूर्वसांसदससहित २१ जना कारबाहीमा परेका छन्। कारबाहीका लागि पूर्वसांसदससहित २१ कांग्रेसी नेताको नाम कैलाली शाखामा आएको छ ।
मंसिर २१ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै २१ जना नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको लागि जिल्ला सभापति नरनारायण शाह मनुलाई नाम सिफारिस गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, क्षेत्रीय सभापति हरिष खड्का, क्षेत्रीय सचिव भीम पडाल, नगर सचिव यज्ञराज उपाध्यायलगायतको टोलीले जिल्ला सभापतिलाई कारवाहीको लागि नाम सिफारिस गरेको हो। कारवाहीको लागि सिफारिस गरिएको प्रतिवेदनमा निवर्तमान सांसद पुष्करनाथ ओझा, जिल्ला सचिव पूर्ण कुवँर, महासमिति सदस्य आनन्दराज जोशीलगायतको नाम उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस