काठमाडौं, : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाली कांग्रेसकाे कार्यालयमा आज पनि प्रदर्शन गरेका छन्। कांग्रेसका सभापति शेर बहादुर देउवाको कार्यशैलीलाई लिएर नेबिसंघ कार्यकर्ताले केन्द्रीय कार्यालयमै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

केन्द्रिय कार्यालय सानेपामा आइतवार सभापति देउवा पुग्दा नेबीसंघ कार्यकर्ताले ‘टिके प्रथा अन्त्य गर’ भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुले टिके प्रथा बाट नभै निर्वाचन प्रकृयाबाट नै नेविसंघ नेतृत्व् चयन गर्न माग गर्दै नाराबाजी गरेका थिए । नेविसंघको महाधिवेशन समयमै गराउन गठित निर्देशन समितिको बैठकमा सहभागी हुन सभापति देउवा सानेपा पुगेका हुन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस