Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रियसमाचारहरु

देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्ड

एजेन्सी । देशद्रोहको अभियोगमा पाकिस्तानका पूर्वसैन्य शासक परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

बीसीसी उर्दूले जनाए अनुसार उच्च अदातलका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको डन पत्रिकाले लेखेको छ । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो ।
पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेर उल्लेख गरेको छ ।

सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए ।
डन पत्रिकाले लखेको छ, ‘उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मंगलबार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैन्यशासकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।’
मुद्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका थिए । उनको अहिले त्यहाँ उपचार भइरहेको छ ।

केही दिनअघि उनले एउटा भिडियो सन्देश पठाएर आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै मुद्दा हेरिरहेको निकायलाई आफ्नो स्थिति हेर्न आउन आग्रह गरेका थिए ।

संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दाबारे टिप्पणी गर्दै उनले आफूविरुद्ध लागेको आरोपको खण्डन गरेका थिए । ‘मैले यो देशका धेरै सेवा गरेको छु, युद्ध गरेको छु’ उनले भनेका थिए ।
मुशर्रफ सन्

तल प्रतिकृया दिनुहोस