Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

देश टुक्राउने गरी जनमत संग्रहको प्रयास भए अमान्य हुनेछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्रको विवादलाई अन्त्य गर्नका लागि प्रयास गरिरहेको बताउँदै सहमति खोज्दाखोज्दै आफूले काम गर्न नपाएको गुनासो गरेका छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आज सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताए ।

पार्टी विधान अनुसार चल्नुपर्ने भए पनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निस्किएको भन्दै देउवाले नेपाल विद्यार्थी संघको विवाद अन्त्य गरिने बताए ।

महासमितिको बैठकले पारित गरेका विषयप्रति पत्रकारले राखेको जिज्ञासामा देउवाले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिएको बताए ।
कांग्रेस सभापति देउवाले भर्खरै मात्र सरकारले सिके राउतसँग गरेको सहमतिका विषयमा आफूले अध्ययन गर्न बाँकी रहेको बताउँदै कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताए ।

स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भए पनि सरकारले बुँदागत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने उनले बताए ।

दुवै पक्षबीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै देउवाले देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमत संग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने चेतावनी दिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!