Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

देश सुशासन र विकासको महाअभियानतर्फ लागेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा संक्रमणकाल टुंग्याएर सुशासन र विकासको महाअभियानतर्फ लागेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित अन्तर्राष्ट्रिय किसान सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभियान दृढ र तिब्र गतिले अघि बढिरहेको बताए ।

यस्तै प्रधानमन्त्री ओलीले नेपालमा अब पृथकतावाद नरहेको बताए । उनले भने, ‘नेपालमा अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन छैन, समूह संगठन केही पनि छैन ।’

उनले सिके राउतसँग भएको सम्झौताप्रति शंका गर्नेहरुलाई ‘बिरालोले खाँबो चिथोरेको’ उखानसँग तुलना गरे ।उनले भने, ‘पृथकतावाद छाडेर राष्ट्रिय मूलधारको राजनीति आउनु र त्यसरी ल्याउनु त्यो सफलता र सकारात्मक होइन भने केचाहिँ सकारात्मक हुन्छ ? संविधान मानेर चल्छु भन्दा शंका छ र े! शंका षड्यन्त्र धोकाजस्ता कुरामा मेरो विश्वास छैन ।’

प्रधानमन्त्री ओलीले अब देशलाई सुशासन र विकास आवश्यकता रहेको बताए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!