काठमाडौं, : पछिल्लाे समय बलिउड क्षेत्रमा विवाहकाे लागि एक पछि अर्काे जाेडी सामुन्ने अाउने क्रममा एक जाेडीकाे विवाह सम्पन्न भएकाे छ। निकै चर्चित जोडी रणबीर सिंह र दीपिका पादुकोणको विवाह सम्पन्न भएकाे हाे।
उनीहरु सोमबार विवाह बन्धनमा बाँधिएका हुन् । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन्।

नवविवाहित जोडी रणबीर सिंह र दीपिका पादुकोण आइतबार बिहान मुम्बई फर्किएका छन् । यी दुई बिहान ८ बजे एयरपोर्ट पुग्ने खबर सार्वजनिक भएपछि बिहान ६ बजेदेखि नै यी दुईलाई हेर्न बिहान ६ बजेदेखि उनीहरुको प्रतिक्षा गरिरहेका थिए ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस