Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधी

नेदरल्यान्ड्समा बाग्लुंग जिल्लामा अबस्थित रक्त संचार केन्द्र सहयोगार्थ च्यारेटी डिनर सम्पन्न ।

आम्स्टर्डाम, गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स र धौलागिरी अञ्चल बाट नेदरल्यान्ड्स मा बसोबास गर्ने नेपाली समुदायको सक्रियतामा बाग्लुंग जिल्लामा अबस्थित रक्त संचार केन्द्र सहयोगार्थ गत सोमबार नेदरल्यान्ड्सको राजधानीआम्स्टर्डाममा च्यारेटी डिनर सम्पन्न भएको छ। बिस हजार युरो सहयोग जुटाउने लक्ष्यका साथ गरिएको उक्त च्यारेटी डिनर भब्य रुपमा सम्पन्न भएको संघका अध्यक्ष श्री मनोहरि शर्मा र सहयोगार्थ समितिका संयोजक श्री थानेश्वर कंडेलले हामीलाई जानकरी गराउनु भएको छ ।

उक्त च्यारेटी डिनर बाट लक्ष्य अनुसारको रकम पनि जम्मा गर्न सकिएको कुरा संघका कोषाध्यक्ष श्री मिम पुर्जा ले हाम्रो न्युजलाइ बताउनु भएको छ। सो कार्यक्रममा बोल्नु हुदै एन आर एन आइ सी सी द्वय श्री नारायण आचार्य र हिमाल गुरुङ ले उपस्थित सम्पूर्ण लाई धन्यवाद दिदै आउदा दिनहरुमा पनि यसै गरि नेपालमा प्रत्यक्ष या अप्रत्यक्ष  रुपमा फाइदा पुग्ने कार्यक्रमका लागि एन आर एन ले सदैब सहयोग र अग्रसरता देखाउने कुरा अबगत गर्नु भएका छन् । यसै गरि संघका अध्यक्ष मनोहरि शर्माले सम्पूर्ण हामी नेपालीको एकताको प्रतिफल हामीले यो परियोजना लाई सम्पन गर्न सकिएको र आउदा दिनहरुमा यस्ता पुण्य कार्यको लागि एन आर एन नेदरल्यान्ड्स सदैब सक्रिय रहने कुरा बताउनु भयो।

कार्यक्रममा परियोजना को उद्देस्य, रक्त संचार का लागि लाग्ने उपकरण को जानकरी र खर्चको बारेमा उक्त परियोजनाका संयोजक श्री थानेश्वर कंडेल र उपकरण हरुको प्रयोग कहाँ के का लागि भन्ने कुराको जानकारी पूर्व आइ सी सी श्री फणिन्द्र पन्त ले गराउनु भएको थियो। सो कार्यक्रममा नेदरल्यान्ड्स मा अबस्थित संघ सस्थाका अध्यक्ष ज्युहरु, पदाधिकारीहरु र पूर्व एन अर एन पदाधिकारी, संघ सस्थाका पूर्व पदाधिकारी लगायत नेदरल्यान्ड्स र बेल्जियम बाट पनि नेपाली समुदायको बाक्लो उपस्थिति रहेको जानकारी संघ का महासचिब जितेन्द्र कुमार श्रेष्ठ ले बताउनु भयो।

कार्यक्रम आम्स्टर्डाममा अबस्थित अशोका रेस्टुरेन्ट मा सम्पन भएको थियो, भने एन आर एन नेदरल्यान्ड्सका प्रतिनिधि हरुले भोलेन्टियर गर्नु भएको थियो र मिडियामा मोजगर टिमले सहयोग गरेको थियो। रेस्टुरेन्टका संचालक शिव कंडेल लगायत अशोका रेस्टुरेन्टमा कार्यरत तथा उपस्थित सम्पूर्णमा एन आर एन नेदरल्यान्ड्सले हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेको थियो।

अन्य तस्बिर हरु को लागि तलको लिन्क मा क्लिक गर्नु होला ।

https://www.mozgar.com/index.php/2019/01/29/memories-of-charity-dinner-for-baglung-blood-bank/

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!