सेप्टेम्बर १२, गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको आयोजनामा सेप्टेम्बर ८ मा हरितालिका तिज तथा महिला हरुलाई दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको कुरा हामीलाई सस्थाका अध्यक्ष मनोहरि शर्माले   बताएका छन्। उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएका शर्माले सम्पूर्ण उपस्थित  आमा, बुबा, दाजु भाई तथा दिदि बहिनिहरुलाई उपस्थिति जनाई कार्यक्रम सफल बनाउन सहायोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै, नेदरल्यान्ड्समा रहनु भएको रेस्टुरेन्ट ब्यबसायी तथा अन्य ब्यबसायी र महानुभाब हरुले जसरि हाम्रो अनुरोध लाई स्वीकार गरि उक्त कार्यक्रमको लागि खान, ड्रिंक्स तथा नगद उपलब्ध गराई सहयोग गरि दिनु भयो हामी उहाहरु प्रति हृदय देखिनै आभारी रहेको र उहाँहरुको सहयोग बाट नै  कार्यक्रम सफल गर्न सकेको कुरा हामीलाई अध्यक्ष शर्माले  जानकारी गराउनु भयो। कार्यक्रममा उपस्थित सम्पूर्णले यसरी एउटा चाडमा हामी विदेशमा रहेका नेपालीहरुलाई एकै ठाउमा भेला बनाई एक अर्कामा शुभकामना आदान प्रदान गर्न पाउनु र सबै संगै रमाउन पाउदा सार्है नै प्रसन्न भएको र यो परिपाटी मिलाई दिएकोमा गैर आबासीय नेपाली संघ प्रति आभारी भएको बताउनु भएको थियो। उक्त क्रयक्रम बिशेष गरि महिला दिदि बहिनि हरुको भएको ले, महिला दिदि बहिनिहरुको मेकअप लाई पनि ध्यानमा राख्दै नेपाली ब्यबसायी ड्रिम ब्युटीकि संचालिका दिपा तमाङ्ग ले ड्रिम ब्युटी को तर्फबाट निशुल्क सेवा दिनु भएको थियो। उक्त सुबिधाको धेरै महिला दिदि बहिनि हरुले सदुपयोग गरेको कुरा महासचिब जितेन्द्र श्रेष्ठले  हामीलाई जानकारी गराएका छन्। यो सुबिधा नेदरल्यान्ड्सको कार्यक्रममा पहिलो पटक रहेको र सुबिधा प्रदान गर्नु भएकोमा दिपा तमाङ्ग तथा ड्रिम ब्युटी परिवार लाई धन्यवाद दिन छुटाउन नमिल्ने पनि महासचिब ले बताए। कार्यक्रममा म्युजिक र फोटो ग्राफीको व्यवस्था मोजगर परिवारले गरेको थियो भने कार्यसमिति तथा युवा हरुले भोलेन्टियर गर्नु भएको थियो। यसैगरि नेदरल्यान्ड्स स्थित सम्पूर्ण संघ सस्था हरुले आआफ्नो  तर्फबाट सहयोग गर्नुका साथै संघका अध्यक्ष हरुले  शुभकामना मन्तब्य राख्नु भएको थियो। स्पोन्सर गरेर सहयोग गर्ने सबैको नाम उपलब्ध गराउन हामीले गरेको आग्रह अनुशार अध्यक्ष शर्माले हामीलाई निम्न नामहरु उपलब्ध गराउनु भएको छ र पुन सम्पूर्णमा व्यक्तिगत र कार्यसमितिको तर्फ बाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो।

उपलब्ध लिस्ट:

खाना :  Zaanse Kathmandu Kitchen , Himalaya Hoorn , Ashoka , Mount Everest Tandoori , Himalaya Palace,

Asian Fusion , Indian Dinner

ड्रिंक्स Wine : Pandey Souvenir , S . K . Tabak

ड्रिंक्स Soft : Padam Bahadur Chhetri (Ramchandra)

नगद : Prem Jung Gurung  Euro 100 , Sri Ram Kandel  Euro 50

मेकअप : Dream Beauty

म्युजिक एंड फोटो ग्राफी : Mojgar Team

For more photos click the link below: https://www.mozgar.com/index.php/2018/09/10/haritalika-teej-2018-netherland/

for video: https://www.mozgar.com/index.php/2018/09/12/teej-celebration-in-amsterdam-organized-by-nrna-the-netherlands/

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस