Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

नेदर्ल्याण्ड सरकारले कोरोना भाईरस नियन्त्रण गर्न लोकडाउनको सट्टा नियन कडा रुपमा लागु गर्ने रणनिती अपनाएको छ ।

गैर आवासिय नेपाली संघ नेदर्ल्याण्ड, आज मिती २३ मार्च २०२० मा नेदर्ल्याण्ड सरकारले ०१ जुन २०२० सम्म लागु हुने गरि ३ जना भन्दा बढि को जमघट हुन नपाउने र एक-अर्कोको दुरी मिनिमम १.५ मिटर हुनु पर्ने साथै यो नियम कुनै ब्याक्तिले पालना नगरेको खण्डमा ४०० युरो जरिवना र कुनै कम्पनीले उलङन गरेको खण्डमा ४००० युरो जरिवाना तिर्नु पर्ने गरि प्रहरी र नगरपालिकालाई थप अधिकार दिएको छ । आफ्नो परिवारसँग भने ठुलो संख्यामा बाहिर जान अनुमती छ तर अरु मानिस सँग को दुरी भने डेड मिटरको हुनु पर्ने छ । पसलमा वा सुपर्मर्केटमा जाँदा पनि डेड मिटरको दुरीलाई कायम गर्नु पर्ने हुन्छ । स-साना बालबालिकाहरु भने स्पेलताउन (Play Ground) मा संगै खेल्न पाउछन तर बाबुआमाले भने डेड मिटरको दुरीलाई पालना गर्नु पर्ने हुन्छ ।

नेदर्ल्याण्ड सरकारले किन पूर्ण लोकडाउन (Lockdown) नगरेको भन्ने सम्बन्धमा विश्व स्वास्थ संघ (WHO) ले लोकडाउन (Lockdown) कोरोना निवारण गर्ने सबै भन्दा उच्च समाधान हो भन्ने कुरामा संका गरेको र पूर्ण लोकडाउन (Totally lockdown) ले जनजीवन र अर्थतन्त्रलाई अझ ठुलो क्षति पुर्याउने हुँदा नेदर्ल्याण्डले सोकिअल इमुनिटीको (Social Immunity) सिद्धान्तलाई फलो गरेको छ । सोकिअल इमुनिटी (Social Immunity) भन्नाले नेदर्ल्याण्डका बहुसंख्यक जनतालाई कोरोना लागेर ठुलो समुहले कोरोनालाई पराजय गर्‍यो भने कोरोनालाई नियन्त्रण गर्न सकिन्छ र ब्रिद्ध साथै कमजोर समुहलाइ सम्रक्षण प्रोटेक्ट गर्न सकिन्छ भन्ने सोचाइलाई सोकिअल इमुनिटी (Social Immunity) भनिन्छ । नेदर्ल्याण्डको सरकारले नेदर्ल्याण्डको बहुसंख्यालाई कोरोना लाग्छ र ती मध्यका ८० देखि ८५ प्रतिसतले आफ्नै घरबाट कोरोना पराजय गर्दछन भन्ने बिस्वासले पूर्ण लोकडाउन (Lockdown) लाई फलो नगरेको भन्ने बुझिन्छ ।

कोरोनाको कारणले नेदर्ल्याण्ड सरकारले लागु गर्नु परेका नियमले ब्यावसयीलाई ठुलो क्षती पुर्याएको छ । सरकारले दिने सुबिधाको लागि आफ्नो अकाउन्टेन्ट (Boekhouder) मार्फत UWV मा संपर्क राख्नु होला । कर्मचारीले आफ्नो साहुसँग संपर्क राख्नु होला । ब्याबसायीले लोन लिनु परेमा अकाउन्टेन्ट (Boekhouder) मार्फत बैंकमा संपर्क राख्नु होला किनकी बैंकले पनि धेरै सुबिधाको प्राब्धान गरेको छ जस्तै ब्याज रहित वा सस्तो ब्याजमा रिण ।

नेदर्ल्याण्डमा बसोबास गर्ने समस्त गैरआवासिय नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सचेतता अपनाउनु हुन र अत्यावस्यक नपरे घरबाट बाहिर ननीस्कनु हुन अनुरोध गर्दै आफ्नो र अरुको स्वास्थको ख्याल राखिदिनु आग्रह गर्दछौ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!