Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

नेदर्ल्यान्डमा नेपाली भाषी इन्जिनियर्स एसोसिएसन गठन

नेदर्ल्याण्डमा बहु प्रतिक्षित नेपाली भाषी इन्जिनियर्स एसोसिएसन गठन भएको छ। शिक्षा क्षेत्रमा विश्व कै अग्रपंतीमा रहेको पानी मुनीको देश भनेर चिनिने नेदल्यान्डको अती ब्यस्त तथा ऐतिहासिक  शहर युत्रेख्तमा नेदर्ल्यान्ड भरी छरिएर रहेका नेपाली भाषी नेपाली हरुको ऐतिहासिक भेलाले परिचयात्मक कार्यक्रम र शुभकामना आदान प्रदान बिच सम्पूर्ण प्राबिधिक क्षेत्रमा बिद्यावराधी गरेका र अध्ययनका शिलशिलामा रहेका बिद्यार्थी समुह समेतलाइ समेटेर उक्त एसोसिएसन गठन भएको हो।

एसोसिएसनको निती, उद्देश्य तथा  भावी कार्यक्रमहरु माथी  भएको गहन छलफल र निर्णय अनुसार यस संगठनलाई संस्थागत ढंगले अगाडी बढाउनका  निम्ती सम्पूर्ण सहभागीहरु सदस्य रहने गरी बिगत लामो समय देखी द हेग मा बसोबास गर्नु हुने केमिकल  इन्जिनियर डि पि मैनाली शर्माको संयोजकत्वमा जम्मा  ३५ जना इन्जिनियरहरुबाट  निम्न ७  सदस्यिय तदर्थ समिती समेत गठन गरेको छ।

संयोजक: डि पि मैनाली शर्मा

सचिव: समीप कार्की

कोषध्यक्ष: निमिशा सापकोटा

प्रविधी सन्चालिका: रेनुका गुरुङ श्रेष्ठ

सदस्य: अशिम रिजाल

सदस्य: सन्दीप मिश्र

सदस्य: प्रविन बस्नेत

करिव एक करोड सत्तरी लाख जन संख्या रहेको सानो देश नेदर्ल्यान्डमा स्थायी वा आस्थायी बसोबास गर्ने   नेपाली तथा भुटानी समुदायको संख्या जम्मा  २ हजारको हाराहारीमा रहेको अनुमान छ। यो संख्या यहाँको जनसंख्याको थोरै हिस्सा ओगटेको छ  तर थोरै संख्या रहे पनि छोटो अवधिमा यहाँ बसोबास गर्ने नेपालीहरु अती सम्पन्न र ब्यबस्थित हैसियत राख्दछन। स्मरण रहोस्: कारागारमा कैदीहरुको समेत अभाव रहेको अती सभ्य देश नेदर्ल्यान्ड्सका बासिन्दाहरुको जीवन शैली विश्व कै उच्च रहेको तथ्य हालैको अनुसन्धानले पूष्टि गरेको छ।

सानो नेपाली भाषी समुदाय रहेको यो देशका विश्वबिख्यात विश्वबिद्यालयहरुबाट बिद्यावराधी गरेका र अध्ययनको शिलशिलामा रहेका बिद्यार्थीहरुको संख्या उच्च रहे पनि यहाँको बौद्दिक समुह  सामुदायीक हैसियत बाट उपेक्षित रहेको तथ्य जाहेर भएको छ। अती  प्रतिस्प्रधात्मक रुपा मै गठन  र निर्माण भएका दर्जनौं संघ संस्थाहरुका बाबजुद नेदर्ल्यान्डमा नितान्त गैर राजनैतिक र बिसुद्द पेशा सँग सम्बन्धित यहाँका शैक्षिक जागरणलाई  लक्षित गरी गठन भएको बौद्दिक तथा प्राविधिक बर्गको संगठन भने यो पहिलो हो।

अती ब्यस्त समयका बाबजुद अथक प्रयास र मेहनतका साथ गठन भएको  नेपाली भाषी इन्जिनियर्स एसोसिएसनले  शैक्षिक तथा बौद्दिक क्षेत्रलाई  नेपाली समुदायको मुलधारमा ल्याउन गरेको  अभियानलाइ सम्पूर्ण क्षेत्रबाट नितान्त अलग र सकारात्मक ढंगले चर्चा समेत हुन थालिएको  कुरा यसका संयोजक डि पि मैलाली शर्माले बताउनु भएको छ।

युरोपको अमेरिका भनेर चिनिने सानो देश नेदल्याण्ड शिक्षा क्षेत्रमा विश्व कै अग्रपंक्तिमा रहेको कुरा हालैका अनुसन्धानले समेत देखाएका छन । यहाँ रहेका जम्मा १३ वटा विश्वबिद्यालयमध्ये १२ बिश्व विद्यालयहरु विश्वविख्यात नैमान्निन्छन । जसअनुसार बिभिन्न संकायमध्ये एरो स्पेस इन्जिनियरिङ्ग, सिभिल इन्जिनियरिङ्ग, मेकानिकल तथा आर्किटेक्र्च इन्जिनियरिङ्ग भने विश्वकै सबैभन्दा अगाडि रहेर दुवइ, सिङापुर निर्माणदेखि अन्तरिक्षमा जाने हैसियत राख्दछन । बिश्वबिख्यात बैज्ञानिक आइन्स्टाइनले नेदरल्याण्डबाटै बिज्ञान पत्ता लगाएका थिए ।हालैको सरकारी तथ्यांक अनुसार युरोप तथा युरोप बाहिरका १७० देश बाट ८५,९५५ जना अन्तरराष्ट्रिय बिद्यार्थीहरु यहाँका प्रमुख युनिभर्सिटीहरुमा अध्ययनरत छन । तर नेपाली बिद्यार्थीहरुको संख्या भने न्युन तथा बढ्दो रहेको तथ्य हालैको अनुसन्धानले देखाएको छ ।

सानो नेपाली भाषी समुदायमा अत्यन्त फरक शिक्षा नितिका कारण नयाँ पूस्तालाइ यस क्षेत्रको सरल तथा सफल प्रवेशका संभावनाको खोजी आजको आवश्यकता रहेको र समाजलाई समेत फरक ढंगले सचेत गराउने उद्देश्य अनुरुप बिद्याबराधी प्राप्त नेपाली तथा नेपाली भाषी भुटानी समुह समेतको संलग्नतामा एसोसिएसन गठन भएको  द हेगबाट हेमकुमारले जानकारी दिनुभयो। कार्यक्रमको अन्त्यमा तदर्थ समितिका सम्पूर्ण सदस्यहरु तथा संस्थाका बरिष्ठ टी यु युनिवर्सिटी देल्फ्तका  पोस्ट डक्टर प्रतिक श्रेष्ठलाई  संगठनका संरक्षक हेम कुमार र संयोजक डि पि मैनालीले खादा लगाइ स्वागत तथा  सम्मान गर्नु भएको थियो। यो संस्था स्थापनाका लागि हेम कुमार र  डि पि मैनाली  सक्रियता लिनुभएको हो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!