नेदरल्यान्डस गतिबिधीहेडलाइन

नेदर्ल्यान्डसमा ह्रिच्हमी (चेलीबेटी) कार्यक्रम आयोजना गरिदै

  •  
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  

ह्रिच्हमी गुरुङहरुको एक महत्वोपूर्ण चाड हो। यस चाडमा बिषेशत महिलाहरु लाई बढी प्राथमिक्ता दिएर उनीहरुलाई सम्मान गर्ने प्रचलन चली आएको पाईन्छ गुरुङ समुदाय बिच बर्ष भरी मेला पाता, चुलो, घास, दाउरा जस्ता काम मै ब्यस्त हाम्रा चेलीबेटी हरुलाई यस दिन अतिथिको रुपमा हेरिन्छ र सोही अनुरुप अतिथी सत्कार गरिन्छ। हुनत बिदेशमा यस्ता खल्का कृयाकलाप या भनु दिन चर्य नभेता पनि प्राय घर सम्बन्धी कै काम कार्यहरुमा संलग्न हुने हुँदा सम्पूर्ण चेलीबेटीहरुको (भान्जा, भान्जी, आमा, फुपु)  लागि  यो दिन बिशेष मानिन्छ  

नेदर्ल्यान्डस्मा वार्षिक रुपमा  गुरुङ समाज नेदर्ल्यान्डस्ले ह्रिच्हमी कार्यक्रम आयोजन गर्दै आएको छ यस्पाली भने अलि पृथक किसिमले मनाउने योजना गरिएको छ सम्पूर्ण गुरुङ चेलीबेटीहरु लाई निमन्त्रणा गर्ने र मिठा मिठा परिकारले उनिहरुलाई सत्कार  दिदै बिभिन्न गीत संगीतहरुले मनोरन्जन दिने कुरा बर्तमान अध्यक्ष  प्रेम सिंह गुरुङले मिडिया लाई जनकारी गराउनु भएको छ त्यस माथि पनि अहिलेको अतिनै चर्चित गुरुङ सिनेमा  मैरिमोपनि प्रदर्शन गरिने जानकारी उपाध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी गराउनु भयो।

उक्त कार्यक्रमको समय, स्थान तल उल्लेखित गरिएको छ।

मिती: ४ मार्च, सोमबार

समय: १५:००-२१:००

स्थान: Holendrechtplein 38, 1106 LP Amsterdam

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!