Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीहेडलाइन

नेदर्ल्यान्ड्समा भुटानीहरु पुनर्बास भएको एक दशकको वार्षिक उत्सब बि सि एन ले मनाउदै

आगामी १८।२।२०१९ का दिन भुटानी सरनार्थीको तेस्रो देश पुनर्बास अन्तर्गत यस देशमा पुनर्बास भएको
१० वर्ष बितेको उपलक्क्षमा तल दिएको ठेगानामा बिभिन्न कार्यक्रम गरि पालना गर्ने भुटानिज
कमिनिटी इन द नेदरल्यांड्सले निर्णय गरेको छ । सो कार्यक्रम गर्नु पर्ने कारण निम्न छन ।
१, पुनर्बास हुन् अघिका दिनलाइ सबै जना मिलि सम्झना गर्नको लागि ।
२, पुनर्बास अघि र पछिको हाम्रो जीवनका सकारात्मक र नकारात्मक पक्क्षको समिक्क्षा गर्न ।
३, नेपाल सरकार र नेपाली जनता जसले दुइ दसक लामो समय सम्म आफ्नो भूमिमा सरन दिई
हरप्रकारको सहयोग उपलब्ध गरि दिनु भयकोमा धन्यब्द ज्ञापन गर्नको निम्ति र पुनर्बास कार्यमा सहयोग
गर्ने सबै पक्षको सरहाना र धन्यबाद दिनको लागि ।
४, यस देशमा १० बर्स सबै मिलि बिताउन सफल भएको उपलक्क्षमा ।
५, यस देशमा १० बर्सको अवधिमा गुमाएका हाम्रा प्रिय जनहरुलाइ संयुक्तरुपमा सम्झना गर्नको निम्ति

६, हाम्रा युवा सन्तानहरुलाई हाम्रो इतिहास र पृष्ठभूमि बिसयमा सिक्क्षित गराउनको निम्ति ।
७, सोहि मंचबाट भुटानीहरुमा भएको मेहेनत गर्ने खुबी डच समुदायसम्म संदेश स्वरूप पुरियाउनको
निम्ति ।
८, हाम्रो समुदयको सदस्यहरु जस जसले कडा मेहेनतका साथ विविन्न ठाउँमा प्रगती गरेका छन्
उनीहरुले हाम्रो समुदयको अरु सदस्यहरुलाइ पनि प्रगतिलोकोनिम्ति उत्साहित गराउदै लैजानको निम्ति ।
९, भुटानी सरनार्थीहरुले पनि यस देशमा बसोबास गर्दै गरेको कुरा डच समाचारहरुमा आकर्सित गराउनको
निम्ति ।
१०, हाम्रा युवा बर्गलाइ आफ्नो कला संस्कृति कार्यक्रममार्फत प्रदर्सन गराउन एउटा मंच प्रदान गर्नको
निम्ति ।
उपरोक्त घोसित कार्यक्रमलाइ सफल बनाउन यस देशमा बसोबास गर्नु हुने सम्पूर्ण भुटानी र नेपाली दाजु
भाइ, दिदि बैनी, आमा बुवाहरु सबैको उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्द छु । कार्यक्रमको बिस्तृत
जानकारी BCN को Facebook page हॆर्नु होला ।

भुटानी समुदायले आफ्नो उपस्थिति जनाई कार्यक्रममा सहभागी हुदै सफल बनाउन निम्न कुराहरु गरि
दिन हुन निबेदन गर्द छु ।
१, तारिक १८।२।२०१९ को दिन कार्यक्रममा सहभागी हुनको लागि आ -आफ्नो काममा छुट्टि मिलाउनु
होस् ।
२, तपाइको यस देश भित्र प्रवेश गरेको दिनदेखी अहिले सम्म सहयोग गर्ने डच सुभ चिन्तक (प्रति परिवार
२ जना सम्म) को नामावली संकलन गरि श्री प्रलाद कार्की, मोहन गजमेर र बिर्ख माझीको टीमलाइ
आगामी ३०।१।२०१९ भित्र उपलब्ध गराई दिनु होला कारण ति डच सुभ चिन्तकहरुलाई यस कार्यक्रममा
सम्मान गरिने छ ।
३, कृपाय आ-आफ्नो छोरा छोरिहरुलाई आफ्नो कला देखाउन प्रोत्साहन गराउनुस । तेस्ता प्रतिभा हुनेहरुले
युवा, खेलकुद एबम कला संस्कृति संयोजक श्री राजु भट्टराईसंग सम्पर्क गर्नु होला ।
४, हाम्रो समाजका सबै बृद्ध बृद्धाहरुलाइ आफु सगै लियर आउनु होला कारण हाम्रा बृद्ध बृद्धाहरुलाइ
सम्मान गर्ने कार्यक्रम छ ।
५, सो कार्यक्रमको दिन हामी सबैले स्वयंसेवकको रुपमा कार्यक्रम आयोजकलाइ सहयोग गरि कार्यक्रमलाइ
सफल पर्न पर्ने छ ।
६, १८,२,२०१९ को दिन तल दियको ठेगानामा कार्यक्रमको निम्ति तोकिएको समय भन्दा आघि नै
उपस्थित भै दिनु होला ।
कार्यक्रम हुने ठेगाना:
Touwslagerij 9,
1108 ZP Amstelveen,
तारिक १८,२,२०१९ समय दिनको ठिक 2 बजे

भवदीय
अम्बर सुब्बा
महासचिब
BCN

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!