Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीहेडलाइन

नेदर्ल्यान्द्स्मा नेपाली भाषी इन्जिनियर्स एसोसिएसन गठन हुने।

हेम कुमार द हेग बाट
विश्वको अती सम्पन्न सम्वैधानिक राजतन्त्र,   अधिकार र शान्तीको प्रतिक तथा पानी मुनिको देश  भनेर चिनिने  नेदर्ल्यान्द्स( होल्यान्ड्)मा इतिहासमै  पहिलो पटक अती ब्यस्त शहर युत्रेख्तमा( Utrecht )आउदो २३ जुन आईतवारका  दिन बौद्दिक बर्गको  नेपाली भाषी इन्जिनियर्स एसोसिएसन गठन हुन गैरहेको छ। करीब एक करोड सत्तरी लाख जनसंख्या रहेको देश नेदर्ल्यान्द्समा नेपाली तथा नेपाल हुँदै यहाँ आउन सफल  भुटानी समुदायको संख्या भने  अत्यन्त न्युन रहेको छ। बिभिन्न कारणले नेपाली हरु बिदेशिने परम्पराले पचासौं  बर्ष पार गरेता पनि  नेदर्ल्यान्द्समा  स्थायी वा अस्थायी बसोबास गर्ने क्रम सन २००२ र २००६ कै बिचमा भएको अनुमान लगाइएको छ। तर जानकारहरु अनुसार  छोटो अवी भित्रै नेपाली तथा नेपाली भाषी नेपालीहरु अती सम्पन्न र ब्यबस्थित बसोबासको हैसियत राख्छन भन्ने कुरामा दुइमत छैन। यद्यपी सानो समुदाय भित्रै पनि अती प्रतिस्प्रधात्मक रुपमै बिभिन्न संघ संथा तथा संगठनहरुको उत्पादन गर्ने देशहरुको सुचिमा भने यहाँको नेपाली समुदायले भने सम्पूर्ण देशहरुलाई पछाडी पारेको कुरालाई नकार्न सकिदैन। यी सत्यताका बावजुद नेदर्ल्यान्द्समा नितान्त गैर राजनातिक तथा बिशुद्द पेशा संग सम्बन्धित यहाँका शैक्षिक क्षेत्रलाई लक्षित गरी गठन गर्न लागीएको प्राविधीक तथा बौद्दिक बर्गहरुको संगठन भने यो पहिलो हो। त्यसैले दर्जनौ संघ संस्थाको उपस्थितीको बाबजुद शैक्षिक तथा बौद्दिक क्षेत्रलाई नेपाली समुदायको मुलधारमा ल्याउन यहाँका जिम्मेवार संगठन हरु असफल रहेका गुनासाहरु यदाकदा सुनिदै गर्दा गठन हुन गैरहेको नेपाली भाषी इन्जिनियर्स एसोसिएनको चर्चा भने नितान्तै अलग तथा सकारात्मक् ढंगले गरिएका समाचारहरु प्राप्त भएका छन।
युरोपको अमेरिका भनेर चिनिने सानो देश नेदल्यान्द्स शीक्षा क्षेत्रमा  विश्व कै अग्रपंतीमा रहेको कुरा हालैका अनुसन्धानले समेत देखाएका छन। यहाँ रहेका जम्मा १३ वटा विश्वबिद्यालय मध्ये १२ बिश्व विद्यालयहरु विश्वविख्यात नै मान्निन्छन। जसअनुसार बिभिन्न संकाय मध्ये ( Aerospace )एरो स्पेस इन्जिनियरिङ्ग, सिभिल इन्जिनियरिङ्ग, मेकानिकल तथा आर्किटेक्चर् इन्जिनियरिङ्ग भने विश्व कै सबैभन्दा अगाडी रहेर दुवइ सिङापुर निर्माण तथा अन्तरिक्ष्यमा जाने हैसियत राख्दछन्।बिश्वबिख्यात बैग्यानिक आइन्स्टाइनले नेदर्ल्यान्स् बाटै बिग्यान पत्ता लगाएका थिए र 13 बर्ष Leiden University, Netherlands मै Professor रहेेेका थिए भने अन्तरिछ्य यात्री आन्द्रे काउप्यर्स्  ( Andre Kuipers)  TU  Delft University, Netherlands कै पुर्व बिद्यार्थी हुन्।    स्मरण   रहोस् , नेदर्ल्यान्द्सका युनिभर्सिटीमा पठनपाठन गर्न पाउनुलाई अहो भाग्यको रुपमा हेर्ने गरिन्छ।
अत: नेदर्ल्यान्स् मा नेपाली समुदायको उपस्थिती भाग्यको ढोका अगाडी भैरहेको आभाष हुन्छ।
फलस्वरुप: हालैको सरकारी तथ्यांक अनुसार युरोप तथा युरोप बाहिरका १७० देश बाट ८५,९५५ जना बिद्यार्थीहरु  यहाँका प्रमुख    युनिवर्सिटीहरुमा अध्ययनरत छन। तर नेपाली बिद्यार्थीहरुको संख्या भने न्युन तथा बढ्दो रहेको तथ्य हालैको अनुसन्धानले देखाएको छ।
राजनैतिक् तथा परोपकारी संघ संस्थाहरुको ब्यापक उपस्थिती रहेता पनि भावी पूस्तालाइ परिवर्तन नै गराउनु पर्छ भन्ने सोचाइ कम रहेको मात्र होइन, वल्कि लुकेका प्रतिभाहरुलाई उजगार गर्ने सम्मको प्रयास कतै बाट नहुँदा नेपाली  बिद्यार्थीहरुको संख्या कम रहनुको कारक तत्व मनिएको छ।
अत: उदाउदै गरेको  सानो नेपाली भाषी समुदाय र अत्यन्त  फरक शिक्षा नितिका  कारण नयाँ पूस्तालाइ यस क्षेत्रको सरल तथा सफल प्रवेशका संभावनाको खोजी आजको आवश्यकता रहेको र समाजलाई समेत फरक ढंगले सचेत गराउने उद्देश्यले बिद्याबराधी प्राप्त नेपाली तथा नेपाली भाषी भुटानी   समुह  समेतको  संलग्नतामा  एसोसिएसन गठन हुन गैरहेको कुरा  नेदर्ल्यान्द्सबासी समुदायहरु बताउछन्।
हेम कुमार
The Hague बाट

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!