Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

नेदर्ल्यान्द्स मा कोरोना सन्क्रमित एक नेपाली महिलाको मृत्‍यु

बेद राम कंडेल, नेदर्ल्यान्डस |  तीन हप्ता देखी कोरोना सन्क्रमित म्याग्दीकी लक्ष्मी भट्टचन को शनिबार उपचारकै क्रममा नेदर्लयान्द्सको अस्पताल शनिबार १८ अप्रिल २०२० का दिन निधन भएको छ । लक्ष्मी भट्टचन १२ बर्ष देखी नेदर्ल्यान्द्समा परिवार सग स्थाई बसोवास गर्दै आइरहेकी थिईन ।सुरु सुरुमा सामान्य रुघा खोकी, टाउको डुख्ने, मुटु दुख्ने लक्षण देखेपछी डाक्टरको सल्लाहानुसार औषधी उपचार गराईरहनु भएको थीयो । गत हप्ताबाट बिमार बद्दै गयपछी कोभिड १९ को लक्षण बदद्दो भय पछी अस्पताल भर्ना हुनु भएको थीयो । उपचारका क्रम्ममा बिभिन्न अस्पातल परिवर्तन गर्दै अन्तिममा नेदरल्यान्दसको खोरनीङगनमा रहेको आई सि यु कक्षमा उपचारार्थ गराउदै आईरहनु भएको थीयो । उनी सामान्य रक्तचापको बिमारी रहेको उनका साथीह्ररुले बताएका छ्न । श्रीमान भरत भट्टचन, १२ बर्षका एक छोरा र सात बर्षकी एक छोरी पनि नेदर्ल्यान्द्समै बसोवास गर्छन् ।
उनका श्रीमान र छोरा छोरी भने पूर्ण स्वस्थ छन । नेदर्ल्यान्द्स सरकारले बिगत ४ हप्ता देखी कोभिड १९ बद्ददै गैइरहेकाले सम्पुर्ण बिद्यालय रेस्तुरेन्ट कलेजहरु पूर्ण बन्द गरेको छ भने अन्य दैनिक कामका लागि कार्यालय सप्पिङ कम्पेलेक्स हरु लाई १-५ मिटरको दुरी राखी इन्टेलिजण्ड लक डाउन गरेको छ । अस्पतालले म्रितकको डेथ बडी परिवार लाई नदिने भय पछी नेपाली परम्परानुसार दाहासस्कार कसरी गर्न सकिन्छ भन्ने बारे आफन्त तथा समाजका अगुवाहरु सग छलफल हुँदैछ । कोभिट १९ बाट सन्क्रमित भई नेदर्ल्यान्द्स मा मृत्‍यु हुने यो पहिलो घटना हो ।
म्रितक का श्रीमान भरत भट्टचन समाज सेबी तथा मोन नेदर्ल्यान्द्सका उपाध्य्क्ष हुन । नेदर्लयान्द्समा रहेका बिभिन्न संघ सस्था मोन नेदर्ल्यान्द्स, गैर आवासिय नेपाली संघ, जनसंपर्क समिती, नेपाली प्रभासी एकता मन्च, जातिय छेत्रीय ब्यबसायिक कलाकार बिद्यार्थी, पत्रकार तथा सर्बसाधारणहरुले म्रितक को शान्तिको कामना साथै भट्टचन परिवारलाई धैर्य धारणाको लागि समबेदना ब्यक्त गरेका छन।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!