म्याड्रिडका युवाहरुद्वारा स्थापित नेपानीस फुटबल क्लबले नेपाली यू-१४ टिम मुगुलाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।स्पेनको सान साविस्टिएनमा जूलाई १-७सम्म डोनस्टिक कप-२०१८ मा भाग लिन टिम मुगुले जुन २९ मा पहिलो पटक स्पेनमा पाइला टेकेका थिए ।३३ राष्टका ९हजार खेलाडीहरूले भाग लिएको उक्त प्रतियोगितामा टिम मुगुले भाग लिनु नै महान् प्राप्ति हो। उक्त प्रतियोगितामा ३ वटै खेलमा पराजित भए र गोल गर्न सकेन्न् तर पनि यी किशोरीहरूल् स्पेनको यात्राले अन्य धेरै गोलहरू भने गरेका छन् जुन नाङ्गो आंखाले देख्न गार्हो हुन्छ ।
एन.एफ.सी का उपसचिव प्रचण्ड गुरूङ्गद्वारा सञ्चालित उक्त कार्यक्रममा क्लबका अध्यक्ष डि.बी मगर द्वारा खेलाडी नानीहरूलाई हौसाला प्रदान गर्ने सन्देशहरु बांडिएको थियो ।उक्त कार्यक्रममा ‘टिम मुगु सहयोग अभियान ‘मा सङ्कलन भएको रकम-१३६० यूरोलाई,प्रत्यक खेलाडी जनही ८०/८० यूरो (ने,रू +-१०,०००)सम्मान स्वरूप प्रदान गरियो ।साथै क्लबका कोषाअध्यक्ष सुनिल गुरूङ् तथा सल्लाहाकार दिलिप गुरूङ् द्वारा ५ जना टिम मुगुका अफिसियल मेम्बरहरूलाई मायाको चिनो र ४ थान फुटबल वितरण गरियो ।उक्त कार्यक्रममा नेपानीस क्लबलाई सदैव साथ दिने दाजु राम कृष्ण पुढासैनी,दिज्यू निमा सेर्पा र विना गुरूङ् ले ठुलो भुमिका निभाउनु भएको थियो ।

“पश्चिम नेपालको विकट जिल्ला मुगुका किशोरीहरू स्पेन आउने खबर जब पायौं,तब हामी हर्षले भरिपूर्ण भएका थियौं।किनकी हिमालको काखबाट ,युरोपको समथल भुमि स्पेसम्म आउनु नै महान् सफलता हो ।हामीले तत्कालनै आकस्मिक बैठकको योजना बनायौ र यस विषयमा छलफल गर्यौं ।निष्कर्ष स्वरुप ‘टिम रारा सहयोग अभियान ‘को थालनी गर्यौ ।यस विषयलाई म्याड्रिडवासी बुवाआमा,दाजुभाई,दिदीबहिनी तथा मित्रहरूमा प्रकच गर्यौ ।उहांहरूबाट सोचेकोभन्दा बढी चासो,माया र साथ पायौं ।उहाँहरुले आफूले सक्दो आर्थिक र भौतिक सहयोग गर्नूभयो।साथै हामीलाई टाढा भएर पनि साथ र सहयोग गर्नुहुने नेदरल्याणडका दाजुहरू /मित्रहरू साथै मिडिया पाट्नर मोजगर.कम (mozgar.com/namasteholland.com)लाई ह्दयदेखि धन्यवाद दिन चाहन्छौं ।यसले हामी नेपालीको सहयोग गर्ने र उदार ह्रदय भएको कुरालाई प्रत्क्षय प्रस्तुत गर्दछ ।यस कार्यक्रम सफल हुनूमा म्याड्रिडवासीहरु तथा क्लबका सद्स्यहरूको अतुलनिय भूमिका रहेको छ,”क्लबका सचिव सागर भोटेले बताउँछन् ।

मुगुको हिउँमा मोजा र झुम्रोको बल बनाएर खेल्ने बहिनीहरूको समूह-टिम मुगु स्पेनसम्म फुटबल खेल्न पाइला टेक्नु नै महान् विजय हो ।साच्चैं नै यी नानीहरू नेपालको अमूल्य रत्नहरू हुन् ।यहांसम्म उतार्न सफल हुने ‘सुनकली’फिल्मका निमार्ता आदरणीय दाजु-भोजराज भाट,टिमका अध्क्षय प्रकाश साही,टिम कोच भगवति राना मगर लगाएत सम्मपूर्णलाई हार्दिक बधाई दिन चाहन्छौं ।नेपानीस फुटबल क्लबले तपाईहरूलाई सम्मान र विदाई गर्न पाउनु नै गर्वको कुरा हो ।नेपानीस क्लबको साथ ,माया र सम्बन्ध सदैवका लागि गांसिएको छ ।सम्बन्धित निकायहरुले यल क्षेत्रमा ध्यान दिनु एकदम आवश्यक छ ।सम्पूर्ण टिम मुगु तथा नानीहरूलाई उज्जवल भविष्यको शुभकामना ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस