खेलकुद

नेपालका महेश्वर महर्जनलाई स्वर्ण पदक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं: विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक हात पार्न सफल भएका छन् ।


थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा विभिन्न देशका १२ खेलाडी सहभागी थिए । प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिंगापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले बताए ।

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!