Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध लगाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष पहलमा बिहीबारदेखि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार बालबालिकामा त्यसबाट एकोहोरो लत बस्दै नकारात्मक असर देखिनेलगायतका विभिन्न समस्या बढेको गुनासो बढेसँगै पब्जी खेल बन्द गर्न लगाइएको हो । यो इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ‘ब्लूहोल’ मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!