Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

नेपालले इन्डोनेसियालाई दुई एकले हरायो

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले जितेको छ ।

आज भएको समुहको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई दुई एकले हराएको हो । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन एक र भारतसँग पनि तीन एकले पराजित भएको थियो ।

खेलको ३६औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । दोस्रो हाफको सुरुको दोस्रो मिनेटमै बेइक अमियाटन सालिहाले बराबरी गोल फर्काइन् । बराबरीतर्फ धकेलिएको खेलको १ मिनेट बाँकी रहँदा साम्वाले दोस्रो गोल गर्दै नेपालाई सान्त्वना जित दिलाइन् ।

नेपाल रहेको समूह ‘ए’ बाट आयोजक म्यानमारले तेस्रो चरणमा स्थान बनाउन सफल भयो । म्यानमारले आजै भएको अन्तिम खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेपनि गोलअन्तरमा अघि रहँदै तेस्रो चरणलाई छनोट हुन सफल भयो । छनोटमा म्यानमार र भारतले समान ७ अंक जोड्दा नेपालले ३ तथा इन्डोनेसिया अंकबिहीन बन्यो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!