Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले हात पार्न सफल भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गरे । रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भएका थिए ।

अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे । उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १÷१ विकेट हात पारेका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!