Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

नेपाली काङ्रेस सभापति देउबाले जनसंपर्क समिती सग अनलाइन अन्तर्कृया सम्पन

आम्स्ट्रडम बेद राम कंडेल ,नेपाली कांग्रेसका सभापति यबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश विदेशमा रहनु भएका सबै नेपालीलाई कोरोना १९ संक्रमणबाट सुरक्षित रहन आज अन्लाइन जुम अतरार्त्रिय रुपमा जनसंपर्क समितीका बर्तमान,नी बर्तमान तथा कृयाशिल सदस्य हरु सग सामुहिक बैठक सम्पन भयो । ।

सभापति देउवाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सरकारले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भएको छ । आज विश्वका विभिन्न देशमा छरिएर रहेका जनसम्पर्क समिति र एनआरएनमा आवद्ध पार्टीका नेतृत्व तहका सदस्यहरुको सामुहिक छलफलका क्रममा सभापति देउवाले यस्तो पहल गर्नुपर्ने बताउनुभएको हो । सभापति देउवाले कोरोना संक्रमणका कारण विदेशमा निधन भएका नेपाली दाजुभाई एवं दिदीबहिनीहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै दिवंगत परिवारका सदस्यहरुप्रति समवेदना समेत व्यक्त गर्नु भएको छ |

विदेशमा अहिलेको संकटमा रहेका र स्वदेश फर्कन चाहिरहेका नेपालीहरुको समस्याप्रति सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो-‘उहाँहरुलाई स्वदेश फर्काउनुपर्छ । स्वदेश फर्काउने दायित्व राज्यको हो । यसका लागि हामी राज्य गम्भीर हुन पहल गरिरहेको र दबाद भाविदिनहरु मा पनि दबाब दिदै जाने बताउनु भयो । नेपाली कोङ्रेसको नया बिधाननुसार महाधिवेशनमा प्रतिनिधित्वका सम्बन्धमा सभापति देउवा विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिका सभापति,पूर्व सभापति,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु एवं जनसम्पर्क समितिमा सक्रिय रहेका र एनआरएनमा आवद्ध कांग्रेस समर्थकहरु सहभागी बैठकमा सभापति देउवाले सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै भन्नुभयो- ‘पार्टीको महाधिवेशनमा विदेशमा रहेका जनसम्पर्क समितिका साथीहरुले भाग लिन नपाउने भन्ने छैन | पार्टीको विधानमा यस बारे प्रष्ट उल्लेख छ | विदेशमा रहेका नेपाली नागरिकहरुले पार्टी महाधिवेशनमा भाग लिन पाउनु हुन्छ | तर विदेशको नागरिकता लिइसकेका व्यक्तिहरुका बारे चाही यो व्यवस्था छैन | यसले भोली पार्टीमा समेत समस्या आउन सक्छ | यसको समाधान गर्न छलफल गर्न सकिन्छ |’

आजको छलफलमा पार्टी उपसभापति विमलेन्द्र निधि, सह-महामन्त्री डाक्टर प्रकाशशरण महत, संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवा र केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमूख गोविन्द भट्टराईले पनि विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको वर्तमान अवस्थाका बारे चासो राख्दै आफ्ना भनाइहरु व्यक्त गर्नु भएको थियो | सहभागी नेपालीहरुले यो संकटको घडीमा स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फिर्ताका लागि पहल गरिदिन पार्टी नेतृत्वलाई पहलकदमी लिनका लागि अनुरोध गरेका थिए | यसैगरी सम्बन्धित देशमा कोरोना संक्रमणले असर पारिरहेको अवस्थामा आफुहरुले गरिरहेको सहयोगको बारे समेत सहभागीहरुले नेतृत्वलाई अवगत गराएका थिए |

सभापतिसहित पार्टी नेतृत्व सामुहिक रुपमा यो संकटका बेला विदेशमा रहेका आफ्ना समर्थक र शुभेच्छुक माझ छलफलमा सहभागी भएको यो पहिलोपटक हो | नेपाली कांग्रेस, जनसम्पर्क समिति समन्वय विभागले आयोजना गरेको यो छलफलका लागि कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द विष्ट र बालकृष्ण पाण्डेसहित प्राविधिक रुपमा बेल्जियममा रहेका गंगाधर गौतम र लण्डनमा रहेका चिरन शर्माले विशेष समन्वय गरेका थिए |

छलफलमा सबै देशका जनसम्पर्क समितिका सभापतिसहित १५० भन्दा बढी कांग्रेस समर्थकहरु सहभागी थिए | पाँच घण्टाभन्दा लामो समयसम्म चलेको छलफलमा पार्टी सभापति देउवासहित सबै नेताहरु निरन्तर सहभागी हुनुहुन्थ्यो | प्रवासमा रहेका काङ्रेसी धेरै ले कार्यक्रममा सहभागीता जनाउन दिनभर कुरी रहदा पनि नेटवोर्क तथा बिद्युतिय यन्त्रको सिमितीताले पर्न गएको असर प्रती युरो काङ्रेसका माहामन्त्री गंगाधर गौतमले आगामी दिनहरुमा यि समस्याहरुलाई पहिचान गरी सवै लाई जोडदै जाने बताउनु भएको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!