नेदरल्यान्डस गतिबिधी

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्को अधिवेसन हुदै

नेपाली जनसंपर्क समिति नेदरल्याण्डसको पाँचौ अधिवेसन आगामी १३ जनवरीमा आमस्टारडाममा हुने भएको छ । दिउसो १२ बजेबाट अधिवेसन मा TT vasumweg 22, 1033SC Amsterdam हुने भएको हो ।

नेपाली जनसंपर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल गुरगंको प्रमुख आतिथ्यतामा संपन्न हुन गैरहेको अधिवेसनमा ,जनजाती महासंघका पुर्व अध्यक्ष एवं सभाषद नगेन्द्र कुमाल, केन्द्रिय प्रतिनिधी तथा नेपाली जनसंपर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ्ग लगायत युरोपका विभिन्न देशहरुबाट जनसंपर्क समितिका अध्यक्ष एवं प्रतिनिधीहरुको उपस्थिती रहने छ ।

अधिवेसनका सवै तयारीहरु संपन्न भएको जनाइएको छ । अधिवेसनमा नेपालका ख्याति प्राप्त कलाकार द्धय श्री चोलेन्द्र पौडेल र ज्योति लोहनी गुरुङ्ख समेत साँस्कृतिक प्रस्तुति रहने छ । नेपाली जनसंपर्क समितिका अध्यक्ष पदम बहादुर क्षेत्रीले सुचना जारी गर्दै सवै देशका अध्यक्षहरु तथा प्रतिनिधी अनि युरोपेली डायस्पोरामा रहेका सवै लोकतन्त्रबादीहरुलाई उपस्थितीको लागि अनुरोध गर्नु भएको छ ।

तल प्रतिकृया दिनुहोस