Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

नेदरल्यान्डस गतिबिधीसमाचारहरुहेडलाइन

नेपाली डायस्पोराद्वारा भारतीय राजादुतावास द हेगमा सफल नाराजुलुस


गत नोवेम्बर २५ तारिखका दिन गैर-आवासिय नेपाली संघ नेदर्ल्याण्डको संयोजकत्वमा भारतीय हस्तक्षेपको बिरुद्धमा नेपाली डायस्पोराद्वारा भारतीय राजादुतावास द हेगमा बिशेष दवाब साथै नाराबाजी कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो । रगतमा नै राष्ट्रियताको शान बोकेका नेदर्ल्याण्ड आवासिय नेपालीहरुले अन्तरराष्ट्रिय न्यायलयको नजिकै अवस्थित भारतीय राजादुतावासमा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता प्रति भएको अतिक्रमणको तिब्र बिरोध जनाउंदै नेदर्ल्याण्डको प्रहरी प्रशासनको सहकार्यमा भारतीय राजादुतलाई ज्ञापनपत्र प्रतक्ष हस्तान्तरण गर्न खोज्दा राजादुतावासले सहकार्य नगरे पश्च्यात नाराजुलुस लगाउदै अतिक्रमणको तुरुन्त अन्त्य गर्न दवाब दिएका थिए ।

गैर-आवासिय नेपाली संघ नेदर्ल्याण्डका अध्यक्ष श्रीराम कंडेलले भारतले नेपाल को भुभागलाई यथासिद्र सम्मान नगरेको खन्डमा हामी द हेग मान्त्र नभएर युरोपियन युनियन र संयुक्त राष्ट्रसंघ सम्म यो मुद्दा पुर्याउने छौ भनि विवादको समाधान शान्तिपूर्ण बातावरणमा कुट्नितिक तवरले हुनुपर्छ भन्नु भयो । बिरोध पर्दर्शनीमा भाग लिंदै नेपालको सार्वभौमसत्तामा आँच आउने कुनै पनि कार्य भारत द्वारा हुँदा नेपाली चुप लागेर बस्न सक्दैनन किनकी कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल कै भुभाग हो र नेपाल आमाको एक ग्राम माटो पनि ज्यानजाला हामी छोड्दैनौ भन्दै एनआरएनए-नेदर्ल्याण्डका संथापक अध्यक्ष लगायत केन्द्रिय युवा संयोजक, युरोप संयोजक, आइसिसि-सदस्य,(महिला)उपाध्यक्षहरु, माहासचिव र कार्यसमितिसदस्यहरुले नाराजुलुसमा भाग लिनु भएको थियो ।

यस्तै गरि नेपाली जनसंपर्क समितीको तर्फबाट पुर्व अध्याक्ष, (वरिष्ट) उपाध्यक्ष लगायत केहि कार्यसमितिसदस्यहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली प्रवासी एकता मंचको उल्लेखनिय उपस्थिती रहेको थियो । नेपाल आमा संकटमा पर्दा सधैं नेपालको साथ दिने भुटानी समुदायको प्रतिनिधित्व गर्दै अध्यक्ष राम कार्कीले भारतको साम्राज्यवदी निती प्रति सचेत हुँदै नेपाली समुदायसँग हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भयो । साउथ होल्याण्ड समाज संयोजक र नेपाल म्युजिक फाउन्देशानका अध्यक्ष समेतले भारतको अतिक्रमणलाई खेद प्रकट गर्दै स्वाभिमानी नेपाली र नेपालको सार्वभौमसत्तालाई चुनौती नदिन भारतीय राजादुतावासलाई आग्रह गर्नु भयो । अन्तमा विभिन्न संघसंस्था वा समाजमा आवद्धित राष्ट्रप्रेमी गैर-आवाशिय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि ज्यान गए जाला हाम्रो भुमी छोड्दैनौ भन्दै नाराबाजी लगाउंदै फोटा र फिल्म खिच्दै सोसिअल मिडिया मार्फत भारतलाई दवाब दिने कार्यमा तिब्र रुपमा ब्यस्त हुनुहुन्थ्यो ।

ज्ञापनपत्र प्रतक्ष रुपमा बुझाउनलाई पटक पटक पहल गर्दा पनि राजादुतावासले बुझ्न नचाहेको हुँदा कार्यक्रमका बिशेष प्रतिनिधिहरुले गैर-अवासिय नेपाली संघ नेदर्ल्याण्डको तर्फबाट ज्ञापनपत्र पोस्ट बक्स मार्फत बुझाईएको थियो । कार्यक्रम दिउसो को १:०० बाट शुरु भएर ३:०० बजे अन्त्य गरिएको थियो र सहभागी सबैलाई नेदर्ल्याण्डको प्रहरी प्रशासनले सुरक्षा प्रदान गरेको थियो ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!