प्रबास

नेपाली नागरिक ईश्वर श्रेष्ठको मृत्यु उनकै कामदार इन्डियन नागरिकद्दारा हत्या भएको पोल्यान्ड प्रहरीद्दारा पुष्टि

हालै पोल्यान्डमा भएको रेस्टुरेन्ट व्यवसायी ईश्वर श्रेष्ठको मृत्यु उनकै कामदार इन्डियन नागरिकद्दारा  हत्या गरिइएको जनाएको छ । शुक्रबार लेगिनोभ क्षेत्रबाट पोल्यान्ड वारसवा प्रहरी मृतक ईश्वर श्रेष्ठ हराएको रिपोर्ट गएपछि  पोल्यान्ड प्रहरीले हराउनुको कारण खोजतलास गरेको थियो ।

अर्को दिन बिहान शनिबार पोल्यान्ड प्रहरीले  ईश्वर श्रेष्ठको मृत शरीर कारभित्र भेटाउन सफल भएको थियो ।  उक्त रहस्यमय मृत्युको अनुसन्धानको लागि केही व्यक्तिहरु पक्राउ गरि  अन्ततः पोल्यान्ड प्रहरी २ इन्डियन  हत्यारा समाउन सफल भएको छ । अन्दाजी २८ वर्ष र २७ वर्षका ती इन्डियनहरुले हत्या गर्नुको कारण  कामदार र  रेस्टुरेन्ट मालिक बिच  भएको आन्तरिक द्वन्द बताइएको छ । उनिहरुको श्रेष्ठलाई मार्ने योजना अगाडि नै बनाएको पनि पोल्यान्ड प्रहरीले पुष्टि  गरेको छ ।

ती  दुई इन्डियन नागरिकहरुलाई ईश्वर श्रेष्ठको हत्या कसुरमा पोल्यान्डको  कानुन अनुसार तत्कालको लागि तीन महिनाको लागि जेलमा लगिइएको छ ।  अदालती प्रक्रिया र पोल्यान्डको  कानुन अनुसार  हत्या सम्बन्धि अपराधको प्रकृति हेरेर ८ वर्ष देखि २५ वर्ष सम्म जेल सजाय हुनेछ ।

नेपाली नागरिक ईश्वर श्रेष्ठको हत्याको घटनाले पोल्यान्डमा बिदेशी नागरिकहरुमा एक किसिमको सन्त्रास पनि फैलिएको छ । पोल्यान्डमा नेपाल सरकारको कुट्नैतिक निकाय  नहुदा पोल्यान्डमा रहने झन्डै १० हजार  नेपालीलाई  समस्या पर्दा जर्मनी स्थित बर्लिन दूतावासमा हारगुहार गर्नुपर्ने अवस्था  भएको छ । दिनप्रतिदिन पोल्यान्डमा नेपालीहरुको वृद्धि हुदा यहाँ  नेपाल हेर्ने आधिकारिक कुटनैतिक निकायको आवश्यकताको महशुश दिन प्रतिदिन हुन थालेको छ ।

तल प्रतिकृया दिनुहोस